सशस्त्रका हामिकले परिचालन गरेका सबै घुमुवाहरुको काज सरुवा
नेपालबहस संवाददाता
पुस २२, २०७९ शनिबार १:४८:५३
२२ पुष, काठमाडौं । सशस्त्र प्रहरीका कार्यालय प्रमुखहरुले आफूखुशी परिचालन गरेका घमुवाहरुलाई काज सरुवा गरिएको छ । विहिबार सशस्त्र प्रहरी मूख्यालयले सादा पोसाकमा परिचालन गरिएका सबैको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना रहेका छन् ।
काज सरुवा भएका १३४ मध्ये मधेश प्रदेशबाट विभिन्न पदका ३६ जना रहेका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत जेठ ६ मा मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएका थिए । महानिरीक्षक अर्यालले निर्देशन दिए पनि केही कार्यालयले आवश्यकता छ भन्दै सादा पोसाकमा सूचना संकलन गर्न प्रहरी परिचालन गरेका थिए ।
सादा पोसाकमा सशस्त्र प्रहरीको कुनै पनि कर्मचारी नखटाउन दिइएको निर्देशनलाई मातहतका केही कार्यालयले फरक तरिकाले बुझेर अटेर गरेको गुनासो बढेको थियो । एकै दिनमा देशभरका १३४ सादा पोसाकका सशस्त्र प्रहरी कर्मचारीको काज सरुवासँगै तिन दिनभित्र सरुवा भएको ठाउँमा हाजिर गर्न निर्देशन भएपछि यतिबेला कार्यालय प्रमुखहरुले उनीहरुलाई रोक्न मूख्यालयमा दबाब दिइरहेका छन् । सशस्त्र प्रहरी बलले एक साथ १३४ सादा पोसाकको काज सरुवा गरेपछि कार्यालय प्रमुखका विश्वासपात्रका रुपमा रहेका र आर्थिक विवादित रहेकाहरुलाई समस्या परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार