आयल निगमका निर्देशक थानीसहित सञ्चालकविरुद्ध उजुरी, सीआईबीले थाल्यो छानविन
नेपालबहस संवाददाता
पुस २३, २०७९ शनिबार १६:२०:४६
२३ पुष, काठमाडौं । कार्यलयको जिम्मेवारी पदमा रहेर कालोबजारीको सञ्जाल चलाएको आरोपमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीमाथि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निगरानी सुरु गरेको छ । उनीसहित सञ्चालक समितिमा रहेकाहरुबिरुद्ध पनि उजुरी परेपछि सीआईबीले निगरानीमा राख्दै छानविन गर्न लागेको हो ।
सीआईबीमा इन्धनमा कालोबजारी गरेको भन्दै थानीसहित निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले जाहेरी दिएको हो । मञ्चले निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानी समेतका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेपछि उनीहरुमाथि छानविन हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इन्धनको मूल्य घटाउन निर्देशन दिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आम उपभोक्तालाई ठगेर निगमभित्र लुट मच्चाएको रहस्य बााहिरिएको थियो । निर्देशक थानीले संञ्चालक समितिलाई समेत गुमराहमा राखेर इन्धन मूल्यमा मनपरी गर्दासमेत सरकारले कारवाही नगरेको भन्दै सीआईबीमा उजुरी दिइएको हो ।
मूल्य घटाउन निर्देशन दिएलगत्तै थानीले निगमभित्रैबाट कालोबजारीको सञ्जाल चलाएर उपभोक्तालाई ठग्दै पेट्रोल पप्पहरुबाट मोटो कमिशन लिँदै आएको उजुरीमा उल्लेख छ । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तन अनुसार मूल्य समायोजन नगरी पम्पहरुलाई दिने र पम्पले बढी मूल्य लिएर बेच्दा उनलाई कमिशन प्राप्त हुने भएकाले थनीले उपभोक्तालाई दवावमा राखेको दावी गरिएको छ ।
ब्यूरोले जाहेरी दर्ता गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । इन्धनमा २० प्रतिशतभन्दा बढी मुनाफा राखेर कालोबजारी गरेको भन्दै मञ्चले जाहेरी दर्ता गराएको थियो । मञ्चका तर्फबाट सचिव तथा अधिवक्ता जयप्रसाद पौडेलले जाहेरी दर्ता गराएका थिए । नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १४१ रुपैयाँ १९ पैसामा खरिद गरी प्रतिलिटर ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर १९० रुपैयाँमा बेच्ने गरेको छ ।
त्यस्तै बाहृयतर्फको हवाई इन्धन ११७ रुपैयाँ ७१ पैसामा किनेर ९९ रुपैयाँ ५३ पैसा नाफा राखी २१७ रुपैयाँ २४ पैसामा बिक्री गर्दै आएको छ । निगम सञ्चालक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागकै उच्च पदस्थ पदाधिकारी रहेका छन् । यो ठगी प्रकरणमा उनीहरुको पनि हात रहेको आशंका गरिएको छ ।
कर्मचारीका अनुसार अहिले प्रतिसिलिन्डर ग्यासमा ३ सय ५९ रुपैयाँ ९० पैसा घाटा छ । ग्यासबाट निगमलाई मासिक ९२ करोड नोक्सान हुन्छ । उक्त नोक्सानी हवाई इन्धनको मुनाफाबाट पूर्ति गरिरहेको दावी थानीले गरेका छन् । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको र २० प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचबिखन गरेमा न्यूनतम एक वर्ष कैद र १० लाख रुपैयाँ जरिवानासम्म सजाय हुने प्रावधान छ । यही प्रावधान अनुसार सीआईबीले कारवाही अगाडी बढाउनेछ ।
ऐनको उक्त दफामा ‘नेपाल सरकारले मोल निर्धारित गरिदिएकोमा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिइ कसैले कुनै माल वस्तु बिक्री गरेमा सो मालवस्तुको लिएको मोल फिर्ता गराइ सो मालवस्तु जफत गरी निजलाई १ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना समेत हुन सक्ने,’ भनिएको छ ।
र याे पनि…. कार्यकारी निर्देशक थानीको निगमभित्रै कालोबजारी, उपभोक्ता ठगेर करोडौं उठाएको आशंका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार