सत्ता गुमेपछि धुम्बाराहीमा इतर समूहसँग सामिप्यता बढाउँदै सभापति देउवा
केदार भट्टराई (काका)
पुस २३, २०७९ शनिबार १९:४३:१२
२३ पुष, काठमाडौं । आफु नेतृत्वको गठबन्धन भाँडिएर सत्ताविमूख भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुष १० यता सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । १३ दिन वित्दा पनि उनको सत्ता र पार्टी राजनीतिबारे कुनै पनि धारणाहरु आएका छैनन् । दिनहुँ जसो समाचार बनिरहने सभापति देउवा आफ्नै हठका कारण सत्ताबाट बाहिरिनु परेको अवस्थामा गुप्तबास बसेको अनुमान धेरैले गरेका थिए । तर, देउवा बाहिर अनुमान गरिए जस्तो न चिन्तित छन् न निष्क्रिय नै ।
उनी धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको निवासमा सबेरदेखि अबेरसम्म राष्ट्रिय राजनीतिको सेरोफेरोमै व्यस्त छन् । सत्ता राजनीतिमा सर्वश्व गुमाएपछि कांग्रेसमा बढेको तिक्तता मेटाउन र बाहिरिया राजनीतिलाई आफु अनुकुल बनाउन आन्तरिक र बाह्य नेताहरुसँग निरन्तर छलफलमा छन् । सोमबारसम्म गुटगत भेटघाटमा मात्र सीमित रहेका देउवा बुधबार यता निकै सक्रिय भएको उनी निकट नेताहरु बताउँछन् । एकाएक पुरानो गठबन्धन छाडेर नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको धोकाको बदला लिन रणनीतिक खेल पनि देउवाले निवासबाटै खेलिरहेका छन् ।
कांग्रेसलाई राजनीतिक दुर्घटनामा पुर्याएको भन्दै पार्टीभित्र चर्को विरोध भइरहेपनि यसलाई साम्य पार्न देउवाले निकटस्थहरुसँग सामिप्यता बढाएका छन् । पार्टी पंक्तिबाट नीति र विषेश महाधिवेशनको माग भइरहेका बेला परिस्थितिलाई अनुकुल बनाउने भन्दै केन्दीय समितिको बैठक पर सारेर इतर समूहका नेताहरुसँग पनि देउवाले छलफल थालेका छन् । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २६ पुसमा विश्वासको मत लिने तयारी गरिरहेका बेला सभापति देउवाले यसलाई असफल बनाउने बारे सबैभन्दा पहिले इतरसमूहका नेता डा। शेखर कोइरालासँग छलफल गरेका थिए ।
गत बुधबार देउवाले कोइरालालाई धुम्बाराही निवासमै बोलाएर पार्टीको केन्द्रीय समितिको बैठकका एजेण्डा र सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । करिब दुई घण्टा देउवा र कोइरालाबीच छलफल भएको थियो । नेताहरुका अनुसार दुई घण्टा दुईबीच वान टु वान मात्र भएको छलफल सकिएपछि कोइराला हसिँलो अनुहार लिएर बाहिर आएका थिए । लगत्तै भोलीपल्ट बिहीबार संस्थापन इतर समूहले बोलाएको भेला पनि स्थगित भएको थियो । कोइराला बाहिरिए लगत्तै देउवासँग मुख्यसचेतक रमेश लेखक र पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले केहीबेर छलफल गरेका थिए ।
डा।शेखर र महतसहितका नेतासँगको छलफल पछि बुधबार नै सभापति देउवाले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई पनि निवासमा बोलाएका थिए । शशांक र देउवाबीच पनि केन्द्रीय समिति, सरकार र समसामयिक राजनीतिक घटनाबारे लामै छलफल भएको थियो ।देउवाले शुक्रबार नीति महाधिवेशनको माग गर्दै विज्ञप्ती जारी गरेका महामन्त्रीद्वय गगन थपा र विश्वप्रकाश शर्मालाई पनि बोलाएर छलफल गरेका छन् । अहिले देउवा निवासमा संस्थपन र इतरसमूहका नेताहरुको भेटघाट बाक्लिएको छ ।
अचानक बदलिएको सत्ता समीकरणपछि केही दिन शान्त रहेका सभापति देउवाले पार्टी बाहिरका दलहरुसँग पनि छलफल बढाएका छन् । आफ्नै नेतृत्वको पाँचदलीय गठबन्धन बचाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा पुगेका सभापति देउवाले सरकारले विश्वासको मत लिनुपूर्व सक्रियता बढाउँदा प्रधानमन्त्रीलाई विश्वासको मत लिन गाह्रो हुने विश्लेषण भइरहेको छ । पुस १० गते सत्ता गठबन्धन टुटेपछि संस्थापन इतर समूहका नेताहरुले विशेष महाधिवेशनदेखि सभापति देउवाको राजीनामा मागिरहेका बेला इतर समूहको नेतृत्व गर्दै आएका कोइराला र सभापति देउवाबीचको भेट निकै अर्थपूण देखिएको छ ।
बुधबार नै देउवाले पूर्वसहमहामन्त्री सुनीलकुमार थापा, नेता दीपक खड्का र दिलेन्द्रप्रसाद बडूसँग पनि छलफल गरेका थिए ।सत्ता समीकरणबारे देउवाले पार्टीका नेताहरुसँग मात्र हैन अरु दलका नेताहरुसँग पनि निवासमै बोलाएर छलफल गरिहेका छन् । देउवाले बुधबार माओवादी केन्द्रका नेता जनार्दन शर्मा, बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादव र शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । गठबन्धन बचाउन नसकेकोमा पार्टीभित्र भइरहेको देउवाको आलोचना पनि कम हुँदै गएको छ । समीक्षाका लागि २८ पुसमा सारिएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनी सहज रुपमा प्रस्तुत हुने वातावरण पनि बनाइरहेका छन् ।
सभापति देउवा आफैँले बोलाएर सत्ता गठबन्धनका नेतासँग संवाद थालेका हुन् । अध्यक्ष नेपालले देउवासँग भेटेपछि एकीकृत समाजवादीले सरकारलाई समर्थनको विषयमा अलमल देखाएको छ । बिहीबार देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए । केन्द्रमा जसपाले विश्वासको मत नदिए प्रदेशमा सहकार्य गर्न सकिने देउवाले प्रस्ताव गरेका थिए । स्रोतका अनुसार सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच पनि अप्रत्यक्ष संवाद चलिरहेको छ । कांग्रेसको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिए विश्वासको मतमा प्रचण्डलाई असफल बनाउन सकिने देउवाको बुझाइ छ ।
शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएपछि राप्रपा नेताहरूले भने कांग्रेसबाट प्रधानमन्त्रीकै अफर आएको दाबी गरेका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठकबाट बाहिरिने क्रममा राप्रपा नेता तथा सांसद ध्रुवबहादुर प्रधानले कांग्रेसले अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनााइ सार्वजनिक गरेका थिए । प्रधानको भनाइअनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत आउने अवस्थाबाट रोक्न सके अध्यक्ष लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्ने भनेको हो ।
यता, संविधानको व्यवस्था अनुसार प्रचण्डले विश्वासको मत पाउन नसकेको अवस्थामा संसद्को पहिलो दल कांग्रेसले नै नेतृत्वमा दावी गर्नुपर्छ । कांग्रेसले ठूलो दलको हैसियतमा अरुलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नसक्ने भएपछि विश्वासको मतमा प्रचण्डलाई असफल बनाउने समीकरण बन्न नसकेको हो । संविधानको धारा ७६ (१) को व्यवस्थाअनुसार कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ (२) को व्यवस्था अनुसार आह्वान गरेकी हुन् । यो नभएको खण्डमा सिधै ७६ को ३ अनुसार जानुपर्छ ।
बहुमतसिद्ध नहुने अवस्थामा मात्र धारा ७६ (३) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढ्छ । ‘उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभाको सबैभन्दा बढी सदस्य भएको दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानमा छ । यही धाराले गर्दा धुम्बारहीमा देउवाले गरिरहेको प्रयास सफल हुन नसक्ने देखिएको हो । तर, देउवा भने अझै प्रयासरत छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार