अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस क्लबले उचाल्यो उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७९ आइतबार ३:२०:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/sankata-21673091910-e1673106615190_qvoI6COt7d.jpg)
२३ पुष, खोटाङ । खोटाङको दिक्तेलमा आयोजित अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न प्रतियोगीतामा आयोजक दिक्तेल फुटबल क्लब ९डिएफसी०लाई २–० गोल अन्तरले पछि पार्दै नेर्पा स्पोर्टस क्लबले लगातार दोस्रो पटक उपाधि उचालेको हो । हारसँगै आयोजक डिएफसी उपविजेता कायम भएको छ ।
उपाधि विजेता नेर्पा स्पोर्टस क्लबले नगद दुई लाख ५१ हजारको साथमा कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता डिएफसीले नगद एक लाख ११ हजारसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै, सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगाले नगद २५र२५ हजारका साथमा कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेतालाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का केन्द्रिय महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गरेका थिए ।
२०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी९केएफए०को सह–आयोजनामा गोल्डकप सञ्चालन गरिएको हो ।
पुस १७ गतेदेखि सुरु गरिएको प्रतियोगीतामा विद्यागततर्फ उत्कृष्ट गोलरक्षक डिएफसीका सन्दिप लिम्बु, उत्कृष्ट डिफेन्स डिएफसीका टेकेन राना मगर, उत्कृष्ट मिडफिल्डर डिएफसीका विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल र योङ्गेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भुषण ताम्राकार घोषित भए । यस्तै, सर्वाधिक गोलकर्ता नेर्पाका विकि राई, खेलभरीकै उत्कृष्ट खेलाडी डिएफसीका मनिष लिम्बु, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि डिएफसीलाई प्रदान गरिएको छ । विद्यागत रुपमा उत्कृष्ट घोषित खेलाडी, प्रशिक्षक र टिमलाई नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको हो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।
अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार
मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
असार २१, २०८१ शुक्रबार
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बित, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार