बाढी पहिरोले भत्किएको कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार १९:३२:२९
♦ दिलमाया शाही
२४ पुष, जुम्ला । जुम्लाहुँदै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनेपछि ०६३ सालकै स्वरुपमा फर्किएको छ । ०६३ सालमा राजमार्गको ट्रयाक खुल्दा जस्तो थियो अहिले त्यही स्वरुपमा पुगेको छ । सुर्खेतदेखि जुम्लासम्मको २३५ किलोमिटरको राजमार्ग यसपटकको बाढी पहिरोले तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा छ ।
कर्णालीवासीको जीवनरेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी हुँदै मुगुसम्म यातायात सञ्चालन हुँदा स्थानीय उत्पादन र वस्तु विनियमयमा निकै सहज भएको थियो ।
तर चार महिनादेखि राजमार्ग सञ्चालनमा समस्या भएपछि यात्रुहरूले पीडादायी यात्रा गरिरहेका छन् । विपदबाट राजमार्गका दर्जनौँ स्थान क्षतबिच्छेद भएको छ भने भत्किदा सडक बनाउँदा र पहिरो पन्छयाउन लाखौँ खर्च भइरहेको छ ।
अहिले राजमार्ग कामचलाउ हिसाबले सञ्चालन भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ । कालोपत्रे भएका सडक समेत अहिले कच्ची सडकमा परिणत भएका छन् । राजमार्ग ०६३ को कच्ची बाटोमा परिणत भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक छ । यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।’
सडक डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका भत्किएको छ ।
कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन् । जुम्लाका मनऋषि धिताल भन्छन्, ‘कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा छन् । यसपटक पहिरोले धुँलो अत्याधिक बढेको छ । यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ ।’
पहिलेको अवस्थामा ल्याउन दुई अर्ब बजेट माग
राजमार्गमा काम गर्ने इन्जिनियरदेखि अन्य कर्मचारी रजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन रहेको बताउँछन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार राजमार्ग विपद् क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भइरहेको छ । यसका साथै पूर्ववतअवस्थामा ल्याउन दुई अर्बको बजेट चाहिन्छ ।
उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो।पञ्छाउन यो बजेट स्वीकृत भएमा सहयोग पुग्नेछ । जिल्ला विप व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेका बताए । मुगुले निर्णय पठाइसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ ।
डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गको लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा छ ।
यसका साथै दही खोलादेखि जुम्लामा मात्रै एक सय स्थानमा पहिरो गएको बताए । सेरिगाडमा एक साताअघि ठूलो सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिबेला पनि पहिरो आउने र दुर्घटना हुने डर छ । १९ असोजमा गएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार