देउवाको चलखेलप्रति ओली सशंकितः बहसमा राष्ट्रिय सरकार कि दरिलो प्रतिपक्ष ?
केदार भट्टराई (काका)
पुस २४, २०७९ आइतबार २०:२२:५४
२४ पुष, काठमाडौँ । नेपाली कांग्रेसले सत्ता समीकरणमा नयाँ बहस सुरु गरेपछि नेपालको सत्ता राजनीति फेरी तरंगित हुने देखिएको छ । बामबिहीन सरकार बन्ने संकेत नदेखिएपछि कांग्रेसमा प्रचण्ड सरकारलाई नै विश्वासको मत दिएर राष्ट्रिय सरकार बनाएर पार्टी राजनीतिलाई अगाडी लाने कि पाँच वर्ष दरिलो प्रतिपक्षमा बस्ने भन्ने नयाँ बहस सुरु भएसँगै सत्ता पक्षको ठूलो दल नेकपा एमाले सशंकित बनेको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने विषयमा शनिबारको संसदीय दलको बैठकमा निर्णय नभएपनि सभापति शेरबहादुर देउवाले पार्टीभित्र यी दुबै विषयमा केन्द्रमा राखेर छलफल थालेका छन् । यसबारे २६ गते मंगलबार निर्णय हुँदैछ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई विश्वासको मत दिएमा राष्ट्रिय सरकारको होमवर्क गर्ने रणनीति पनि बनाइरहेको छ । कांग्रेसले सरकारमा सहभागिता जनाउँदा नेकपा एमाले बाहिरिने अर्को खतरा यो अवस्थामा देखिएको छ ।
किनभने कांग्रेस सरकारमा सहभागी हुँदा एमालेले जति सहज रुपमा राष्ट्रपति र सभामुख लिने रणनीति बनाएको छ त्यसमा ठेस लाग्नसक्छ । राष्ट्रपति नपाउने अवस्था आएमा एमालेले प्रधानमन्त्री प्रचण्डलाई समर्थन दिने अवस्था रहँदैन । अहिले विश्वासको मत दिएर राष्ट्रपतिमा माओवादीको मत माग्ने सभापति देउवाको रणनीति छ । यसमा माओवादीका केही नेताहरुले लविङ पनि गरिरहेका छन् ।विश्वासको मत पाएपछि राष्ट्रपतिमा माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिने ग्यारेन्टी भए पुरानो गठबन्ध व्युतने सम्भावनाबारे पनि दुई दलका नेताबीच छलफल चलिरहेको छ ।
छलफलमा सहभागी एक नेताले नेपालबहसलाई दिएको जानकारी माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउँदा सभामुख माओवादीको भागमा हुनेछ । राष्ट्रपति र सभामुख नपाएको अवस्थाामा एमाले सरकारमा रहने छैन, उ प्रतिपक्षमा गएपछि पुरानो गठबन्धन व्यतनेछ । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल तिब्र बनाएका छन् । यसको अर्थ हो विश्वासको मत दिएर माओवादीसँग सत्ता समीकरणको सम्भावना जीवित राख्ने पहल गर्ने । कुनै पनि बेला ओली र प्रचण्डबीच खटपट हुने आंकलनसहित देउवाले यो रणनीति बनाएका हुन् ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थालेको छ । संवैधानिक राष्ट्रपति भएपनि शक्ति सन्तुलनका हिसाबले दलहरुले यो निर्वाचनलाई प्राथमिकतामा राखेका छन् । राष्ट्रपति पदमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यले मत दिने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को अनुसूची १ मा निर्वाचन मतभारसम्बन्धी व्यवस्था गरिएको छ । संघीय सांसदको मतभार ७९ हुनेछ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । संघीय सांसद ३३४ जना रहेका छन् भने प्रदेशसभा सदस्य ५५० जना रहेका छन् ।
उनीहरुले राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नेछन् । दलहरुको अहिलेको अवस्था हेर्दा सबैभन्दा बढी मतभार कांग्रेससँग देखिन्छ ।कांग्रेससँग १६ हजार बढी मतभार रहेको छ । त्यसपछि एमालेसँग १५ हजार मतभार छ । माओवादी केन्द्रसँग सातहजार बढी मतभार रहेको हुँदा माओवादी नै निर्णायक हुनसक्ने भन्दै कांग्रेसले अहिले विश्वासको मत दिने तयारी गरेको नेताहरु बताउँछन् । यसबारे देउवाले नेता शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र अरु नेताहरुसँग छलफल चलाएका छन् ।
पार्टी दुर्घटनामा परेपछि देउवाले अहिले जुनसुकै नयाँ निर्णय लिँदा पनि इतरसमूहका नेता कोइरालासँग सल्लाह लिन थालेका छन् ।कोइरालाले पनि अघिल्लोभन्दा पछिल्लो सम्भावन बढी भएकाले विचार गरेर निर्णय लिन देउवालाई सुझाव दिएका छन् । महामन्त्रीद्वय थापा र शर्माले भने धोक हुनेगरी कदम नचाल्न भनेका छन् । माओवादीको भर नभएकाले अहिले सरकारमा सहभागी हुनेभन्दा दरिलो प्रतिपक्षमा नै बस्नुपर्ने सुझाव उनीहरुको देउवालाई छ ।
यता, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कोइराला मुलुकको अवस्था र राजनीतिक तरलताका बीच कांग्रेस प्रतिपक्षमा बस्ने कि सरकारलाई समर्थन दिने भन्नेमा सोचेर निर्णय लिनुपर्ने पक्षमा देखिएका छन् । उनीहरुले पाँच वर्ष प्रतिपक्षमा बस्दा हुने फाइदाभन्दा भोलिको राजनीति हेर्दै सहमतिका साथ अगाडी जानुपर्ने सुझाव देउवालाई दिएका छन् । राष्ट्रपतिको आकांक्षा राखिरहेका नेता पौडेलको भनाई भने अहिले सरकारलाई समर्थन दिनु नै राम्रो हुन्छ । राजनीतिक अस्थिरताका लागि पनि कांग्रेसले राष्ट्रिय सरकार निर्माणको भूमिका निभाउनुपर्ने उनको तर्क छ ।
विश्वासको मत लिनु अगाडीसम्म प्रधानमन्त्री प्रचण्ड सबैसामू नरम देखिएका छन् । तर, उनको भित्री आशय के छ भन्ने धेरैले भेउ पाएका छैनन् । अहिले विश्वासको मतका लागि मात्रै कांग्रेसको उपयोग गर्ने नीति उनले लिएको पनि हुनसक्छ । कतिपय माओवादी नेतााहरुको भनाइमा प्रचण्डलाई ओलीसँग भन्दा देउवासँग काम गर्न सहज छ । अन्तर्राष्ट्रिय दवाव र समर्थनका हिसाबले पनि कांग्रेससँगको सहकार्यमा प्रचण्डलाई सहज हन्छ । प्रधानमन्त्री प्रचण्डले ओलीबाट कुनै पनि बेला धोका हुनसक्ने आंकलन गरिरहेकै छन् । अहिले माओवादी लगायतका दलले सुरु गरेको बाम एकताप्रति पनि ओली सकारात्मक देखिएका छैनन् ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सुरुवातमा देउवाको योजना पुस २६ मा प्रधानमन्त्री दाहालले राख्ने विश्वासको प्रस्ताव असफल बनाएर गैरवामपन्थी समीकरणमा प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने थियो । दाहालले विश्वासको मत प्राप्त गर्न नसक्दा संविधानबमोजिम देउवा प्रधानमन्त्री बन्ने ढोका खुल्छ । संविधानको धारा ७६ ९२० अन्तर्गत बनेको संयुक्त सरकारले विश्वासको मत प्राप्त गर्न नसक्दा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था धारा ७६ ९३० मा छ । तर,त्यो सम्भावना टरेको छ ।
सरकारमा सहभागी भएर राष्ट्रपतिसम्म ल्याउनसक्दा सत्ताको बागडोर फेरी कांग्रेसको हातमा फर्काउन सकिने रणनीतिमा सभापति देउवा छन् । जसपा र राप्रपाले पनि देउवाको यो रणनीतिभित्र भूराजनीतिक प्रभावसमेत रहेको अनुमान लगाएका छन् । सरकारलाई विश्वासको मत दिँदा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण हुने कुरामा देउवा कांग्रेस नेताहरूलाई मनाउने प्रयास गरिहेका छन् ।तर, हिजो प्रधानमन्त्रीमा कांग्रेसले नस्वीकारेका प्रचण्डलाई फेरि विश्वासको मत किन दिने भन्ने प्रश्न पनि उठेको छ ।
माओवादी उपमहासचिव जनार्दन शर्माले धुम्बाराहीस्थित निवासमै पुगेर देउवासँग विश्वासको मत दिए राष्ट्रपति वा सभामुखमा कांग्रेसलाई साथ दिन सकिने जानकारी दिएका छन् । माओवादीले सरकारमा कांग्रेसको सहकार्य खोज्नुको कारण शान्तिप्रक्रियालाई टुंग्याउने विषय पनि हो । कांग्रेसको युवा पंक्ति भने विश्वासको मत दिनेभन्दा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने पक्षमा छ । अहिले सभापति देउवाले खेलिरहेको रणनीतिमा दिर्घकालिन सोच रहेको उनी पक्षीय नेताहरु बताउँछ ।
कांग्रेस सभापति देउवाबाट पछिल्लो चरणमा सत्ता समीकरणमा प्राभाव पार्ने गरी भइरहेका गतिविधिले एमालेका अध्यक्ष ओली कांग्रेसँग भन्दा पनि माओवादीसँग थप सशंकित भइरहेका छन् । हिजो त्यो अवस्थामा आफुले प्रधानमन्त्री बनाएका प्रचण्डले भोली राष्ट्रपतिमा मत नदिने आवस्था आए यो समीकरणको औचित्य नहुने ओलीको बुझाइ छ । देउवा रणनीतिमा प्रचण्ड सकारात्मक भए पुरानो गठबन्धन व्युतने सम्भावना प्रवलछ । तर, उनीमाथि कांग्रेसले विश्वास गर्ने आधार भने छैन् । भोली विश्वासको मत दिँदा सत्ता गुमाएको कांग्रेसले प्रतिपक्षको भूमिका पनि नगुमाउला भन्न सकिन्न ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार