नाफामूखि बैंकहरुलाई सामाजिक उत्तरदायित्वमा ध्यान दिन राष्ट्रपतिको आग्रह
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार २२:७:८
२४ पुष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाहरु नाफामूखी बन्दै गएको भन्दै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन आग्रह गरेकी छन् । उनले बैंक तथा वित्तीय संस्थाको उदेश्य उचित नाफा रहेपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गरेकी हुन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले बैंकहरु सामाजिक उत्तरदायित्वमा पनि अग्रेसर हुनुपर्ने बताइन् ।
भण्डारीले देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य रहेको भन्दै यसका लागि बैंकहरुले उद्यमशिलताको विकासमा जोड दिनुपर्ने बताइन् । स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्दधनमा जोड दिनु पर्नेमा बताउँदै केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको उल्लेख गरिन् । उनले सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उनले आग्रह गरेकी छन् ।
समस्या समाधानका लागि सरकारले सहयोग गर्न जरुरी रहेको भन्दै उनले सरकार र निजी क्षेत्र एक अर्काको परिपुरक बन्नु पर्ने बताइन् । पूर्व अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो एक दशकमा वित्तीय प्रणालीमा तीव्र विकास भएको बताए । नेपालको वित्तीय प्रणाली मजबुत र सुरक्षित रहेको र पछिल्ला महिनाहरुमा डिजिटल बैंकिङमा पनि धेरै प्रगति भएको बताए ।
उनले लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेको भन्दै वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेका, सानो निक्षेप बीमा कार्यक्रमले महत्वपूर्ण भूमिका निभएको र कृषि क्षेत्रमा जाने कर्जा बढेकोले पुँजीवृद्धिमा बैंकहरु सफल भएकाले लगानी गर्न सक्षम भएको बताए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेअझै पनि वित्तीय प्रणालीमा मूल्य स्थिरता, वाहृय क्षेत्र र वित्तीय स्थिरता कायम गर्नुपर्ने चुनौति कायमै रहेको भन्दै विगतको अप्ठेरो अवस्थाबाट केही सुधार हुँदै गएको भए पनि चुनौति अझै पनि प्रयाप्त रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार