आजदेखि संघीय संसद अधिवेशन सुरु, शीर्ष नेताले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १५:४२:५
२५ पुस, काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनपछि आज सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा दलका प्रमुख नेताले सम्बोधन गर्ने कबार्यक्रम राखिएको छ । आजबाट संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुनेछ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको छ ।
राष्ट्रियसभाको चार महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो भने नवनिर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो । संसद्को दोस्रो ठूलो दल एमाले, तेस्रो दल माओवादीलगायतका सत्ता साझेदार दलहरूले प्रतिनिधिसभाको पहिलो अधिवेशनबाटै केही विषय सम्बोधन गर्ने गरी साझा न्यूनतम कार्यक्रमको खाका तयार पाारेका छन् ।
पहिलो कार्यकालमा प्रतिनिधिसभा २ पटक विघटन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक विघटन गर्दा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो । २०७७ पुस ५ र २०७८ जेठ ८ को विघटन प्रयास असफल भएकाले प्रतिनिधिसभा पूरा कार्यकाल चल्न पाएको हो । तर, दोस्रो विघटनपछि सरकारबाट बाहिरिएको एमालेले संसदमा ९ महिना अवरोध गरेको थियो ।
संसद्को पहिलो कार्यकालमा तत्कालीन नेकपा र त्यसपछि एमाले विभाजित भएको थियो । जनता समाजवादी पार्टी पनि फुटमा गुज्रियो । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको प्रभाव संसद्को प्रभावकारितामा परेको थियो । विगतमा संसदीय समितिका निर्देशन कार्यान्वयन नभएको र त्यसका कारण सरकारमाथि संसद्ले गर्नुपर्ने निगरानी फितलो देखिएको थियो ।
प्रतिनिधिसभाको पहिलो कार्यकालमा समितिहरूलाई काम गर्ने वातावरण बनाउन सकेको थिएन् । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । जो निर्वाचन अगाडिको गठबन्धन जोगाउन नसकेर प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको छ ।
दोस्रो दल एमाले तेस्रो दलका नेता दाहाललाई प्रधानमन्त्री मानेर प्रतिनिधिसभामा उपस्थित हुनेछ । प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन् । दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका थिए । त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि मिसिएका छन् । एमालेका लक्ष्मी महतो कोइरीलाई थुनामा राखेर हत्या अभियोगमा अनुसन्धान गर्ने विषय उठेकाले उनले प्रवेश पाउँछन् कि पाउँदैनन् भन्ने प्रहरीको भूमिकामा निर्भर हुने बताइएको छ । प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर अदालतको आदेश कार्यान्वयनका लागि सहयोग गरिदिन भनिसकेको छ ।
आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् ।अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ ।
त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार