गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटनामा चार नेपालीको मृत्यु
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १६:२३:१४
२५ पुष, धनगढी । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदखा चार जनाा नेपालीको मृत्यु भएको छ । गएराति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमै यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खबर आएको प्रहरीको भनाइ छ ।
लखनउदेखि ३० किलोमिटर अगाडि बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए । बसको नम्बर खुल्न सकेको छैन ।
टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए ।
स्थानीयका अनुसार यसरी भारत ओहोरदोहोर गर्ने बसहरु यहाँका समिति तथा बस व्यवसायीहरु आवद्ध हुँदैनन् । नेपाली बसहरु पनि त्यसरी सञ्चालन हुँदैनन् । यहाँका स्थानीय युवाहरुले यात्री खोज्ने र पठाउने चाँजोपाँजो गर्ने गर्छन् र उनीहरुहरुले त्यस बापत निश्चित प्रतिशत पारिश्रमिक पाउने गर्दछन् । प्रहरीका अनुसार यसरी सञ्चालन हुने बस व्यवसाय अवैध हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार