क्यानेडियन नागरिकलाई अध्यागमन विभागमा बुझाइयो
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १७:५५:३५
२५ पुष, काठमाडौं । ठमेल क्षेत्रभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा संलग्न रहेकाे पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिए ।
“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भने ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ । स्रोतका अनुसार उनलाई प्रक्रिया पुरयाएर डिपोर्ट गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार