सुदूरपश्चिममा सरकारमा सहभागिताबारे नागरिक उन्मुक्तिले २४ घण्टाभित्र निर्णय लिने
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १८:४९:३३
२५ पुष, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा पार्टीको सहभागिताबारे २४ घण्टाभित्र निर्णय लिने भएको छ । उसले सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय लिन २४ घण्टाको समय मागेको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले ७ वटै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबण्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशमा उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री दाबी गर्दै आएको थियो । पार्टीका नेता गंगराम चौधरीले ‘प्रदेश सरकारको हकमा के गर्ने भन्ने निर्णय गर्न हामीले २४ घण्टाको समय मागेकोे बताए ।
पार्टीले २०७२ साउन ७ मा भएको टिकापुर घटनासँग जोडेर पार्टीका संरक्षक रेशम चौधरीसहित थुप्रै नेताहरु जेलमा रहेका र कयौंलाई झुठा मुद्दा लगाइएको भन्दै बन्दीको रिहाई र मुद्दा खारेजीको लिखित प्रतिबद्धता खोजेको छ ।
सोही मागबारे प्रतिवद्धता नआएकै कारण उसले संघीय सरकारमा समर्थन मात्र गरेको छ । सहभागी भइसकेको छैन । लिखित प्रतिवद्धता नआएसम्म सरकारमा सहभागी नहुने र कालान्तरमा राज्य मौन बसेको अवस्थामा समर्थन समेत फिर्ता लिने तयारी उसको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार