अब वडामै मेलमिलाप केन्द्र सञ्चालन गरिने
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १९:१:१३
२५ पुष, भक्तपुर । कानुनी उपचारका लागि सूर्यविनायक नगरपालिकाले अब वडास्तरमै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
वडा तहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडास्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र सञ्चालन गर्न आजदेखि प्रशिक्षण दिन थालेको हो ।
आठ दिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक वडाबाट तीन जनाको दरले १० वटै वडाका ३० महिला कानुनी प्रशिक्षणमा सहभागी भएका छन् ।
प्रशिक्षण शुभारम्भ गर्दै नगर प्रमुख वासुदेव थापाले आफ्ना नागरिकलाई वडातहमै न्यायिक पहुँच पु¥याउने उद्देश्यले मेलमिलापकर्ताका लागि कानुनका विज्ञबाट सञ्चालन गर्न लागिएकोे कानुनी र व्यवहारिक प्रशिक्षणले समस्या समाधानमा सघाउ पुग्ने बताए । यसबाट कतिपय समस्या वडातहमै समाधान गर्न सकिने भए पनि त्यस्तो व्यवस्था नहुँदा पीडित न्याय माग्दै नगरपालिकाको न्यायिक समिति र अदालतसम्म पुग्नुपर्ने समस्या अन्त्य हुनाका साथै नगरवासीका विभिन्न समस्या वडास्तरमै समाधान गर्न मेलमिलाप केन्द्र प्रभावकारी हुने उनको भनाइ थियो ।
नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका प्रमुख सरिता भट्टराईले प्रशिक्षण सम्पन्न भएलगत्तै नगरपालिकाले आफ्ना सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजना बनाएको बताउनुभयो । जनताको समस्या समाधान गर्न आवश्यक समन्वय गर्दै कसैलाई अन्याय हुन नदिन नगरपालिका कटिबद्ध रहेको चर्चा गर्दै उहाँले नगरपालिका ऐन, नीति, नियम र विधिले चल्ने निकाय भएकाले जनताको सकारात्मक साथ र सहयोग सधैँ रहने उल्लेख गरे ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रत्येक वडामा आएका समस्यालाई वडातहमै समाधान गर्ने र वडा तहमा समाधान हुन नसके मात्रै नगरपालिका वा माथिल्लो निकायमा जाने बाटो देखाउने गरी अगाडि बढ्न केन्द्र सफल हुनेमा विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार