संसदको पहिलो बैठक सुरु, दलका नेताहरुले सम्बाेधन गर्ने क्रम जारी
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १९:१८:५९
२५ पुष, काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य (सांसद) पशुपति शमसेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखको चयन नहुँदासम्म संसदको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ ।
सोही मुताविक जबराले बैठक संचालन गरिरहेका छन् । उनले बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त प्रधानमन्त्री नियुक्त तथा मन्त्री नियुक्त तथा संसद बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् ।
उनले बैठक संचालनका लागि १० जनाको नामावली चयन गरिएको जानकारी दिएका छन् । बैठकमा दलीय प्रतिनिधित्वका अधारमा बोल्ने वक्ताहरुले बोल्ने क्रम जारी छ । सोही क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका छन् ।
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरिरहेका छन् । गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भएपछि बसेको यो पहिलो बैठक हो । बैठकको आह्वान राष्ट्रपतिबाट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार