प्रधानमन्त्री प्रचण्डलाई संविधान पालना गर्न माधव नेपालको सुझाव
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २०:३९:२६
२५ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधानको पालना गर्न आग्रह गरेका छन् ।
सोमबार शुरु भएको नवगगठित प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री तहबाटै संविधानको उल्लंघन हुने गरिएको विगतका घटनाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरे ।
संविधानको पालना र कानूनको कार्यान्वयन सरकारको पहिलो दायित्व रहेको बताउँदै राम्रै गर्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
भ्रष्ट्राचारी र राष्ट्रियताविरोधी गतिविधि गर्नेमाथि सरकारले कडा निगरानी र कारबाहकी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले प्रम प्रचण्डलाई सफल कार्यकालको बधाइ शुभकामना दिए ।
उनले सरकारसँग आवश्यक बहुमत कायम रहेको बताउँदै सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे काम हेरेर निर्णय लिने बताए । युवा पंक्ति रोजगारका लागि विदेश पलायन हुने रोक्न र किसानलाई मल, बीउ अभावको समस्याबाट मुक्त गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार