वारदातस्थलमै नभएका रेशम चौधरीलाई झुठा मुद्दामा फसाइयो : रञ्जिता श्रेष्ठ
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २१:३९:२८
२५ पुष, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई टिकापुर घटनाका बेला घटनास्थलमै नरहेका रेशम चाैधरीलाइ राज्यले जेलमा थुनेर राखेकाे बताएकी छन् । उनले चाैधरी कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको बताइन् ।
साेमबार सुरू भएकाे प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन उनले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको बताएकी छन् ।
घटनाका बेला रेशम ३५ किलाेमिटर टाढा रहेकाे लम्की टावरकाे सम्पर्कमा रहेकाे लाल आयाेगले देखाएकाे दाबी गर्दै रेशमलगायत टिकापुर घटनामा जाेडेर थुनामा राखिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरिन् ।
चौधरीकी पत्नीसमेत रहेकी उनले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन् । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताए ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनले आरोप लगाइन् ।
शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दोष रहेको बताएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन् ।
टिकापुर घटना कुनै बन्द कोठामा नघटाइएको बताउँदै उनले घटनामा दोषी बनाइएकाहरुको न्यायका लागि निरन्तर लड्ने प्रतिवद्धता व्यक्त गरिन् ।
टिकापुर घटनामा शाहदत प्राप्त गरेका सुरक्षाकर्मी लगायत सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै टिकापुर घटनाका बेला सहभागी रहेका दुई जना इन्पेक्टर नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न खोजेको खुलासा गरिन् । ‘केही प्राविधिक कुराले उहाँहरुलाई चुनावमा उठ्न मिलेन’ बैठकलाई सम्बोधन गर्दै उनले भनिन् ।
२०७२ साउन ७ मा नेपाल प्रहरीको एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी एक बालकको ज्यान गएको कैलालीको टिकापुर घटनामा रेशमलाई जिल्ला अदालतले कैलालीले सर्वस्वसहित जन्मकैदको फैसला गरेयता जेलमा छन् । सांसद श्रेष्ठ रेमश पत्नी हुन् । उनी गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार