संसदको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २१:५२:७
२५ पुष, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने भएको छ । सोमबारबाट सुरु भएको नवगठित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद पशुपति शमशेर जबराले गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन नहुँदासम्मम उनले बैठक संचालन गर्नेछन् । उनी राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।
गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सदस्यहरु सहभागी यो नै पहिलो बैठक हो । यो प्रतिनिधिसभा संविधान जारी भएपछि दोस्रो कार्यकाल हो ।
आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्व र स्वतन्त्रबाट निर्वाचित संसदीय दलका नेताहरुले सम्बोधन गरेका थिए । साथै २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ विभिन्न कारणले निधन भएका तत्कालीन सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
बैठकले ईश्वरी न्यौपाने, चन्द्र कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकुृष्ण रादव
सुशिला सिर्पाइली ठकुरीलाइ बैठक संचालनका चयन प्रस्ताव पारित गरेकाे छ ।
आजको बैठक सकिएको जानकारी दिँदै अध्यक्ष जबराले अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने र सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने सूचना दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार