देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रबहादुर केसी
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २२:७:५४
२५ पुष, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं संघीय सांसद चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।
प्रतिनिधिसभाको साेमबार बसेकाे पहिलाे बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए ।
‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको ।’
देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे । घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराश बढेको बताए । गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाट हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार