संसदलाई सरकारको रबर छाप नबनाउन सांसद प्रेम सुवालको आग्रह
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २२:२०:२८
२५ पुष, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । उनले देशलाई फाइदा नगर्ने एमसीसी लगायत सम्झौताहरु खारेज गर्नुपर्ने बताए ।
जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।
उनले युवा शक्ति रोजगारकै लागि विदेश पलायन हुनु पीडादायी विषय बनेको भन्दै त्यसलाई अहिलेका सरकारसँग नीति कार्यक्रम के छ ? भन्दै प्रश्न गरे । पलायन राेक्नेबारे नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार