सरकारको ‘न्युनतम तथा साझा कार्यक्रम’ सार्वजनिक, वयस्कलाई रोजगारी ग्यारेन्टी गर्ने अर्थमन्त्रीको दाबी
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २३:४:४७
२५ पुष, काठमाडौं । सरकारको ‘न्युनतम तथा साझा कार्यक्रम’ सार्वजनिक गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार आयोजित एक कार्यक्रम मार्फत साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रम प्रस्तुत गर्ने काम साझा कार्यक्रम संयत्रअन्तर्गत गठित मस्यौदा उपसमितिका संयोजक मन्त्री पौडेलले गरेका हुन् ।
यही पुष १० मा संसदको दोस्रो ठूलो दल नेकपा (एमाले)सहित ७ दलको समर्थनमा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएयता सत्तारुढ दलहरुको सहमतिमा यो कार्यक्रम ल्याइएको हो ।
कार्यक्रममा रोजगारका लागि विदेश पुगेर अलपत्र परेका र अवैधानिक रुपमा बसिरहेका नेपाली मजदुरहरुको उद्धारका लागि ‘हटलाइन सेवा’ सुरु गर्ने बताएका छन् ।
यस्तै समूदायबीच अन्तरसम्वन्ध स्थापित गर्न सार्वजनिक यातायातको विकास गर्नुका साथै पालिकाको मुख्यालयसम्म पुग्ने पक्की सडक निर्माण गर्ने अर्थमन्त्रीले बताए ।
यस्तै सरकारले यस वर्ष गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने कार्यक्रममा उल्लेख छ । सीमाकाे व्यवस्थापन प्रभावकारी तवरले गर्ने जनाइएकाे छ ।
साझा कार्यक्रम ७ दलीय उच्च स्तरीय संयत्रले आइतबार मात्र अन्तिम रुप दिएको थियो । साझा कार्यक्रमको प्रति एमालेका अध्यक्ष समेत रहेका संयन्त्रका संयोजक केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई हहस्तान्तरण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार