नेपालमा उत्पादन गरिने सामाग्रीको लागी वैदशिक बजारको माग
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २३:१४:७
२५ पुष, काठमाडाैं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच, नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि अन्तरक्रिया भएको छ ।
मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासघका प्रतिनिधिहरुबीच छलफल भएको हो । काठमाडौंको सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा तोया नारायण ज्ञवालीले नेपालमा उत्पादन गरिने सामाग्रीको प्रवद्र्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदशिक बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यसका लागि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालका सामाग्रीको प्रवद्र्धनमा सहजीकरण गरिदिन सक्ने सचिव ज्ञवालीको भनाई थियो । उनले भने, ‘नेपालका मौलिक हस्तकलाका सामाग्री एनआरएनले आफू बसेको सम्बन्धित देशमा प्रवद्र्धन गर्न मद्दत गर्न सक्नेछन् ।‘ ‘तर, ती सामाग्रीको गुणस्तरीता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको मूल्य तथा बजार मागको मूल्यांकन लगायतमा महासंघमा आबद्ध सबैले ध्यान दिनुपर्छ ।’
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गुणस्तरितालाई ध्यान दिने हो भने विश्वका कुनैपनि देशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धन गर्न सकिने बताए । एनआरएनएमा सन् २००९ देखि नै गैरआवासीय नेपाली संघले नेपाल प्रवद्र्धन समितिको स्थापना गरेर नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान पहल गरिरहेको बताए ।
अध्यक्ष केसीले विश्वभर ६० लाख बढी नेपाली भएको र एनआरएनएकै सञ्जाल ८५ देशमा पुगिसकेकोले पनि नेपालको मौलिक उत्पादनलाई विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताए । उनले भने, ‘नेपाली हस्तकला वा जुनसुकै मौलिक सामाग्री प्रवद्र्धनमा कुनै समस्या छैन, तर तपाईहरुले गुणस्तर, प्याकेजिङ, नेपाली उत्पादनबारे अध्ययन अनुसन्धान, लगायतका विषयमा गहन रुपमा काम गर्नैपर्छ, नेपालका सामाग्री विदेशी बजारमा बेच्ने हो भने, त्यहीको गुणस्तर र मापदण्ड अपनाउन सक्नुपर्छ ।’
नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु पनि इच्छुक भएको भन्दै अध्यक्ष डा. केसीले सरकारलाई लगानीका लागि सहजीकरण गरिदिन समेत आग्रह गरे । नेपाली कला र मौलिक सामाग्रीलाई प्रवद्र्धन गर्न हाल कतिपय देशमा नेपाली हाउस सञ्चालनमा रहेकोले आगामी दिनमा पनि गैरआवासीय नेपाली संघको सञ्जाल रहेका देशहरुमा समेत नेपाली हाउसको स्थापनाका लागि पहल जारी रहेको अध्यक्ष डा. केसीले बताए ।
गैरआवासीय नेपाल संघ अन्तर्गतको नेपाल प्रवद्र्धन समितिका उपसंयोजक तथा एनसिसि हङकंगका अध्यक्ष गोकर्ण ढकालले नेपालमा उत्पादनको विदेशमा माग भएपनि सो मागअनुसारको गुणस्तर र मापदण्ड अनुसार सामाग्री सप्लाई गर्न नसक्दा समस्या हुने गरेको बताए । आगामी दिनमा त्यस्ता सामाग्री उत्पादनपछि संकलन र निर्यात तथा प्रवद्र्धनका लागि संयुक्त संकलन केन्द्र बनाएर भएपनि विदेशी बजारको माग अनुरुपको बनाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै, संघका युवा संयोजक अब्दूल वासिद्ले नेपाली हस्तकलाका सामाग्रीको प्रवद्र्धनका लागि नेपाल सरकारले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । उनले आफूले कुन देशमा सो सामाग्री प्रवद्र्धन गर्ने हो त्यसपूर्व सम्बन्धित देशको मापदण्ड, गुणस्तर लगायतका विषयमा पनि सचेत हुनुपर्ने बताए । त्यसका लागि सम्बन्धित देशको सरकारसँग पनि नेपाल सरकारले समन्वय गर्नुपर्नेमा उनको भनाई थियो ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले विदेशमा रहेका नेपालीहरुकै उत्पादनसँगै सहकार्य गरेर नेपालका हस्तकलाका सामाग्रीहरुलाई पनि समेटेर सँगसंगै प्रवद्र्धन गर्न आग्रह गरे ।
महासंघका सदस्य स्वयम्भूरत्न तुलाधरले विदेशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धनका लागि एनआरएनले अहम भूमिका निर्वाह गर्न सक्ने भन्दै सहयोग र सहकार्यका लागि आग्रह गरे । महासंघका प्रतिनिधिहरु, सुनिता श्रेष्ठ डा, सुनिल चित्रकार, रेशम पोखरेल लगायतका प्रतिनिधिले नेपाली हाउस स्थापनाका लागि जोड दिँदै नेपाली हस्तकलाका सामाग्री प्रवद्र्धनका लागि आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिवसहित प्रतिनिधिहरु, हस्तकला महासंघका प्रतिनिधि र गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष केसीसहितको प्रतिनिधि टोलीको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार