प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २३:१६:२७
२५ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सही रहेको र संसद विघटन हुँदा प्रतिगामीको आरोप लगाउने नै प्रतिगामी रहेका बताइरहँदा देखिएको प्रचण्डको हाउभाउले उनीहरुबीच विग्रहको संकेत देखेको बताए ।
प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीको संसद विघटन सही रहेको र प्रतिगामी भन्नेहरु नै प्रतिगामी रहेका अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमल्लिएको विषयलाई आफूले सामान्य रुपमा नलिएको महामन्त्री थापाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार