कञ्चनपुरका दुई पालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य गर्ने
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १६:३९:४०
२६ पुष, कञ्चनपुर । छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो ।
दुवै पालिकाको सीमा जोडिएका कृष्णपुर नगरपालिका वडा नं ३ र लालझाडी गाउँपालिका वडा नं ५ मा छाडा पशु व्यवस्थापनको कार्य संयुक्तरूपमा गर्नेबारे छलफल भएको छ । छलफलमा दुवै पालिकाका प्रमुखले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्तरूपमा खर्च व्यहोर्ने प्रतिबद्धता गरेका छन् ।
छाडा चौपायासँगै अन्य विकाससँग सम्बन्धित विषयमा सहकार्य गरेर अगाडि बढ्ने छलफलको निष्कर्ष रहेको लालझाडीका अध्यक्ष रानाले बताए । “दुवै पालिकामा छाडा चौपायाको समस्या रहेको छ”, उनले भने, “कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हौँ, दुवै पालिकाले खर्च व्यहोर्ने गरी छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाउँछौँ ।” कृष्णपुरले वडा–वडामा अस्थायीरूपमा छाडा चौपाया व्यवस्थापन गरेको छ ।
छलफल कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, सूचना अधिकारी प्रेम बोगटी, लालझाडी –५ का अध्यक्ष पहलबहादुर थापाको सहभागिता रहेको थियो । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाले मात्रै स्थायीरूपमा व्यवस्थित गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेको छ ।
बेदकोट नगरपालिकाले कार्यालय नजिकै खुला आकाशमा छाडा चौपायालाई अस्थायीरूपमा राखेको छ । भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कार्यदल गठन गरी जग्गा खोजीकार्य अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार