राजतन्त्र हटाउन एक ठाउँमा उभिएका दलहरु पृथ्वी जयन्ती मनाउन एकमत
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १७:८:१
२६ पुष, काठमाडौं । यसअघि पटकपटक घोषणा गर्ने र हटाउने खेलमा पर्दै आइरहेको पृथ्वीनारायण जयन्ती यसपटक पुनः चर्चामा आएको छ ।
नेपालका तत्कालीन ससाना राज्यलाई बलपूर्वक गाभेर एउटै राज्य बनाएपछि बनेका तत्कालीन राजा पुथ्वीनारायण शाहको जन्म दिन पुष २७ मा दिइँदै आएको सावृजनिक बिदा २०६५ जेठ १५ मा भएको गणतन्त्र घोषणासँगै हटाइएको थियो । त्यसयता पटकपटक सरकार बने र भत्किए । सो क्रममा बिदा पनि हटाउने र पुनः घोषणा गर्ने खेल चल्यो । नयाँ संविधान २०७२ बनेपछि यो बिदालाई निरन्तरता दिनै छाडियो । राजाको नेतृत्वमा चलाइने राजतन्त्रलाई ‘सामन्ती शासन’को संज्ञा दिँदै गणतान्त्रिककालका दलहरुले उक्त शासनको अन्त्यको प्रतीकको रुपमा बिदालाई हटाइएको थियो । गणतन्त्रको घोषणाताका त राजाका शालिक हटाउने वा भत्काउने मेलो नै चलाइए ।
तर ४ मंसिर २०७९ मा भएको आमनिर्वाचनबाट राजतन्त्र पुनःस्थापनाको वकालत गर्दै आइरहेका दल राप्रपाको आकार बढेसँगै शालक भत्काउन र हटाउन सक्रिय दल (वाम)हरु सरकारको लगाम आफ्नो हातबाट अन्त जान नदिन पुष २७ का दिन पृथ्वी नारायण शाहको सम्मान र पूर्खाको गौरवशाली’ इतिहासको स्मरणका भन्दै मंगलबार मात्र सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
गणतन्त्र घोषणाअघिसम्म गृहमन्त्री रहेका राप्रपाका तत्कालीन नेता कमल थापाले बिदालाई बोक्दै आएका थिए । अहिले उनी राप्रपाबाट अलग भएर राप्रपा नेपाल बोकेर हिँडिरहेका छन् । तर राप्रपा अध्यक्ष बनेका राजेन्द्रकुमार लिङदेन १४ सिटसहित प्रतिनिधिसभामा हाल उपस्थित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका सरकारमा उनको दल निर्णायक तहमा रहेको छ ।
पृथ्वीनारायणकै निरन्तरतामा बाबुको मृत्युपछि छोरा राजा बन्ने शासन पद्दति चल्दै आइरहेका बेला २०६२÷६३ मा राजतन्त्र फाल्न राप्रपाबाहेक सबै दल एक ठाउँमा उभिए र राजतन्त्रलाई विस्थापित गरेर गणतन्त्रमा उभिए । तर दुई दशक नबित्दै तिनै दलहरु पृथ्वीनारायणलाई सम्मान गर्ने र गौरवका साथ स्मरण गर्ने अवस्थामा पुगेका छन् ।
यही अवस्थालाई उनी सरकारको घाँटी च्याप्दै कटाइएका बिदा पुनःस्थापित गराउन सफल भएका छन् । भलै उनको मुख्य विचार र एजेण्डा राजतन्त्र पुनःस्थापना नै हो । तर योपटक उनले पनि आफ्नो मुख्य एजेण्डालाई ‘शिफ्ट’ गरेका छन् । उनले सरकारमा रहेका दलहरुको बिचबाट उनले सार्वजनिक बिदा फिर्ता ल्याएका छन् । उनको प्रस्तावलाई सत्तारुढ दलहरुले स्वीकारेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय हिजै मात्र गरेको हो । यो बिदा सरकारको क्यालेण्डरमा अब दर्ज भएको छ ।
अहिले सरकारका प्रधानमन्त्री राजतन्त्र उन्मूलनका लागि सशस्त्र संघर्ष चलाइएका प्रचण्ड र नयाँ पुस्ताको नेतृत्व गर्ने दाबी नछाड्ने रबि लामिछाने गहृमन्त्री छन् । यसैबीच सरकारलाई समर्थन गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवले भने भोलि दिइने सार्वजनिक बिदाको चर्को विरोध गरेका छन् ।
सोही प्रयोजनस्वरुप गृहमन्त्रालयले सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयलाई आज एक सूचनामार्फत जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ‘सार्वजनिक बिदासम्बन्धी सूचना’ जारी गरेका छन् ।
२०७९ पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली दूतावास तथा कुटनीति नियोगहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार