सरकारको निर्णयले राप्रपा ‘उत्साहित’, गाेरखा नगरपालिकाको नाम परिवर्तन गर्ने कसरत शुरु
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १७:२६:५०
२६ पुष, काठमाडौं । केन्द्र सरकारले मंगलबार गरेको निर्णयको प्रभाव स्थानीय तहमा देखिन थालेको छ । सरकारले सोमबार मात्र पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन भोलि पुष २७ गते बुधबार देशभर र देशबाहिर नेपाली दूतावास तथा कुटनीति नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसबाट राजतन्त्रको वकालत गर्दै आइरहेको राप्रपाका नेताहरू उत्साहित भएका छन् । उसले पृथ्वीनारायणको जन्मस्थान गोरखामा रहेको गोरखा नगरपालिकालाई नाम परिवर्तन गर्ने कसरत सुरु गरेको छ ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आजै मात्र सामाजिक संजालमार्फत गोरखाको सदरमुकाम क्षेत्रमा रहेको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।३०१औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उनले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका हुन् ।
‘पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिकाू बनाऔं’ उनले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार