अल्टिच्युड एयरको हेलिकोप्टर नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १८:२:२१
२६ पुष, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति नलिइ निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै अल्टिच्युड एयरको हेलिकोप्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकोप्टर मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले सिधै निषेधित क्षेत्र प्रवेश गरेको थियो । हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखिएको छ ।
हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको थियो । एयरलाइन्स कम्पनी र हेलिकोप्टर चालकलाई कारवाही प्रक्रिया अगाडि बढाइएको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार