सुदूरपश्चिममा नागरिक उन्मुक्तिले एमालेलाई साथ दिने
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १८:२८:९
२६ पुष, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टीले नेकपा (एमाले)लाई साथ दिने भएको छ ।
आफ््नो माग सम्बोधन गर्न लिखित सम्झौता गर्ने पार्टीलाई साथ प्रदेश सरकार गठनमा सघाउने बताउँदै आइरहेको नागरिक उन्मुक्तिले एमालेलाई साथ दिने निर्णय भएको पार्टीका प्रदेश सांसद गंगाराम चौधरीले बताए । चौधरी सो दलका प्रमुख सचेतक समेत हुन् ।
नागरिक उन्मुक्तिले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर सरकारमा भने सहभागी जनाएको छैन । टिकापुर घटनामा जोडेर राज्यले मुद्दा लगाएर जेलमा राखिएका रेशम चौधरी लगायत नेता कार्यकर्ताहरुले रिहाइ नभएसम्म सरकारमा नजाने अडान उक्त पार्टीले राख्दै आएको छ । सुदूरपश्चिममा एमालेले नागरिक उन्मुक्तिको साथ पाएसँगै उसैले सरकार गठन गर्ने निश्चितप्रायः भएको छ ।
५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सिट पुग्छ ।
यहाँ नेपाली कांग्रेसका १९, नेकपा (माओवादी)का ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।
एमालेले सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा प्रदेश सांसद राजेन्द्र रावललाई चयन गरिसकेको छ । सरकार गठनका लागि भोलिको समयसीमा तोकेर प्रदेश प्रमुखबाट दाबी आह्वान भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार