दुई डीआईजी छानविनमा, एक एसपी हेडक्वार्टरमा, एक इन्स्पेक्टरको ग्रेड घटुवा
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:५:५०
२६ पुष, काठमाडौं । प्रहरी प्रधान कर्यालयले प्रदेश लुम्बिनी र मधेश प्रदेशका डीआईजीविरुद्ध छानविन शुरु गरेको छ । लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र मधेश प्रदेशका डीआईजी मसाउद आलम खाँका विरुद्ध उजुरी परेपछि उनीहरुको विषयमा छानविन थालिएको स्रोतले जनाएको छ ।
‘उहाँहरुको विरुद्ध सचिवालयमा उजुरीको चाङ लागेको छ ती सबै उजुरीलाई लिएर प्रहरी प्रधान कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ उहाँहरुलाई प्रहरी प्रधान कार्यालयमा तानेर वा त्यही राखेर के गर्दा उपयुक्त हुन्छ त्यसरी नै सूक्ष्म छानविन शुरु भएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार दुवै डीआईजीले मातहत निकायसँग आर्थिक लाभ लिएको र प्रहरी कार्यालयमा कार्यरत अधिकारीहरुसँग घुस लिएको आरोप लागेको छ । ‘धरै जसो जुनियर अधिकृतहरुबाट गुनासो परेको छ’, स्रोतले भन्यो ।
डीआईजी उपाध्यायले लुम्बिनी प्रदेशका सबै अधिकृतहरुसँग आर्थिक लाभ लिने गरेको तथा कोही अधिकृतलाई नभेटे जुनियर अधिकृतहरुको पनि खल्ती छाम्ने गरेको उजुरी परेको छ । त्यस्तै खाँले भन्सार प्रशासन र सशस्त्र प्रहरीसँग मिलेर आर्थिक लाभ लिने गरेको उजुरी परेको छ । उनीहरु दुवैलाई प्रहरी प्रधान कार्यालयले एकपटक चेतावनी दिएपनि नरोकिएपछि छानविन शुरु गरेको हो ।
यस्तै सीमा नाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानविन थालेको छ । यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका थिए । तर, गम्भीर घटना भएपनि त्यतिबेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिबेला विस्तृत छानविन गरी जिल्ला इन्चार्जबाट हटाइएको हो ।
दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोसाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाहीविनै छाडेका थिए । सादा पोसाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
तीन साता अघि इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानविनका लागि एक समिति बनेको थियो । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानविन भइरहेको छ । डीएसपी केसी यसअघि अनेक विवादमा मुछिए पनि राजनीतिक संरक्षणकै कारण कारबाही हुन सकेको थिएन ।
यस्तै इलाका प्रहरी कार्यालय, केशेरगन्ज सर्लाहीका इन्स्पेक्टर रोशन थापा पनि कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको छ । उनीमाथि थप छानविन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै काठमाडौमा रहेका प्रहरी वृत्त प्रमुखहरुमाथि पनि निगरानी शुरु गरिएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख फेरिएसँगै निगरानी शुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार