वित्तीय क्षेत्रको १० प्रतिशत बजार ग्लोबल आईएमईको कब्जामा
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:११:२२
२६ पुष, काठमाडौं । सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाली बैंकिङ बजारको १० प्रतिशत हिस्सा कब्जामा लिएको छ । समान १ः१ अनुपातमा ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू लिमिटेड गाभिएर एकीकृत कारोबार सुरु भएपछि यसको कुल पुँजी ५७ अर्ब पुगेको छ । बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब, निक्षेप ४ खर्ब र कर्जा ३.७९ खर्बभन्दामाथि पुगेको छ ।
मर्जर तथा एक्विजिसनकै माध्यमबाट धेरैजसो वित्तीय सूचकमा ग्लोबल आईएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । हालसम्म ५ वाणिज्य बैंक, १० विकास बैंक र ५ वित्त कम्पनी मर्ज तथा प्राप्ति भएर ग्लोबल आईएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक भएको हो । अब ग्लोबल आईएमई बैंकले मुलुकको बैंकिङ प्रणालीका आधारमा बजार हिस्साको १० प्रतिशत ओगटेको छ । केही वर्षसम्म मुलुकको ठूलो बैंकको कल्पना कसैले गरेका थिएनन् । तर यस मर्जरले त्यसलाई साकार गरेको छ । मुलुकका ठूला परियोजनालाई वित्तीय लगानी गर्न नेपाली बैंकिङ क्षेत्र सफल हुँदै गएको छ ।
ठूलो बैंक बनेसँगै लगानीका आधारमा तीन प्राथमिकता निर्धारण गरिएको बैंकले जनाएको छ । घरघरमा रेमिट्यान्स प्राप्त गर्न सक्ने वातावरणलाई थप विस्तार गर्ने, पर्यटन क्षेत्रमा चन्द्रागिरि जस्तै ७ प्रदेशमा केबलकार बनाउने र प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको बैंकको छ । बैंकको नयाँ सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमान्डूका तर्फबाट २ जना रहेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमई बैंककै रत्नराज बज्राचार्यलाई राखिएको छ ।
मर्जरपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष दुवै ग्लोबल आईएमई बैंकबाटै रहेका छन् । मर्जरपछि यो बैंकले कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय र ३ वटा विदेशस्थित सम्पर्क कार्यालयसहित करिब ४० लाखभन्दा बढी ग्राहक पुगेको बैंकको दावी छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि दुई बैंकको मर्जरपछिको एकीकृत कारोबारको प्रशंसा गरेका थिए ।
प्रधानमन्त्री दाहालले बैंकहरूको मर्जर अवधारणा प्रशंसायोग्य काम रहेको बताउँदै एकीकृत कारोबारपछि यो बैंक ठुल्ठूला परियोजनामा लगानी जुटाउन सहयोगी हुने बताएा थिए । बैंकले अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रूपमा घनीभूत गराउने पनि उनले बताए । उनले भने, ‘अर्थतन्त्रका समस्या समाधानका लागि हामी छिटछिटो प्रभावकारी दिशामा अघि बढ्दै छौं ।’ वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बिमा र निजी कम्पनीका निकायबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले व्यक्त गरे ।
बैंक तथा वित्तीय संस्थाको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । बैंक, वित्तीय संस्था मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्था स्वस्थ र सबल बनेको भन्दै उनले बैंकहरूको लगानी प्राथमिकता अब राष्ट्रिय उत्पादनमा बढी हुनुपर्ने बताए । बैंकहरू ठूलो बन्दै गएपछि स्वनियमनमा बस्नुपर्ने र सानो कर्जालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । अर्थतन्त्रमा बैंकिङ प्रणालीको योगदान बढाउन पनि राष्ट्र बैंकले मर्जर नीतिलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ । यस वर्ष मात्र १४ वटा बैंक मर्जर भएको अवस्था छ ।
बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुने भएकाले पहिले बैंकलाई बलियो बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । बैंकहरूले ब्याजदर घटाउन पनि पहल गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको भनाइ छ । ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउनेबारे राष्ट्र बैंकले पनि काम गर्नुपर्छ,’ उनले भने, ‘ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरूको मनोबल बढ्ने थियो । यो मनोबल बढाउने भूमिका खेल्न ग्लोबल आईएमई बैंकले अग्रता लिनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार