प्रतिनिधिसभा बैठक जारी, प्रधानमन्त्रीले विश्वासको मत लिँदै
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:१९:२८
२६ पुष, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो दिनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा चलिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने प्रक्रियाका लागि मत माग्दै सम्बोधन गरिरहेका छन् ।
उनले आफूले प्रधानमन्त्रीमा विश्वासको मत पाएमा नेपाललाई विश्वको मानचित्रमा विकास, समृद्धि र मानवअधिकार तथा स्वतन्त्रको मानक बनाउन भरपूर प्रयास निरन्तर रहने बताएका छन् । उनले आमूल सुधारबाट मुलुकबाट गरिबी हटाएर दोहोर अंकमा आर्थिक वृद्धि दरमा पर्याउने अटोठ व्यक्त गरे ।
यस्तै व्यवसायीका लागि सहजरुपमा लगानी उप्लब्ध गराउने र रोजगारका लागि विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालभित्रै टिकाउने काममा लाग्ने बताए । उनले आफ्नै कार्यकालमा विगतका दैनिक २० घण्टासम्म लोडसेडिङलाई हटाएको स्मरण गराउँदै यसअघिका आफ्नो कार्यकालमा भएका गौरवपूर्ण विकास मध्यपहाडी लोकमार्गको निर्माणले निरन्तर पाइरहेको भन्दै त्यसलाई पूर्णता दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार