फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:४१:१७

२६ पुष, वाग्मती । वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ ।
मन्त्रालयले सम्पादन गरेको कार्य तथा उपलब्धि र आगामी कार्यदिशाबारेमा प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । साथै मन्त्रालयले चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्रबाट दिइएको जानकारीका आधारमा चितवन, मकवानपुर जिल्लाका व्यवसायीलाई सेवा प्रवाह गर्ने, वाग्मती प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न छायाङ्कन गर्ने, चलचित्रलाई सूचक र मापदण्ड बनाउने कार्य अगाडि बढेको जनाएको छ ।
मन्त्रालयका सचिव मदन कोइरालाबाट प्राप्त प्रतिवेदन एवम् जानकारीअनुसार मकवानपुरगढीलाई बृहत् पर्यटन विकास गरिनेछ । त्यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारको समन्वयमा साहसिक जलयात्रालाई महत्वपूर्ण नदी संरक्षण क्षेत्र घोषणा र कम्तीमा दुईवटा बृहत् पर्यटन महोत्सव गर्ने प्रतिवेदनमा उल्लेख छ ।
निजी क्षेत्रको सहकार्यमा भारतीय पर्यटक लक्षित पर्यटक यातायात सञ्चालन ९वीरगञ्जबाट सुरुआत गर्ने०, वाग्मती प्रदेशमा रहेका लोपोन्मुख भाषा, कला र संस्कृतिको अभिलेखीकरण र संरक्षण, पर्यटकीयस्थल एवम् गतिविधिको प्रचारप्रसारमा बढोत्तरी गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । प्राप्त विवरणमा नयाँ पर्यटकीय मार्ग निर्माण गर्ने कार्य प्रारम्भ भएको, रसुवा–४ गोसाइँकुण्ड क्याङ्गजिङ्गमा हाई हिमालय नेचुरल वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु गरिएको उल्लेख छ ।
काठमाडाँै उपत्यकामा सम्पदा पदमार्गको निर्माण सुरु गरिएको, ‘राइनो चिल्ड्रेन पार्क’ भरतपुर चितवनमा निर्माण अगाडि बढेको, हिमाल आरोहीका लागि प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको छ । मन्त्रालयले गरेको महत्वपूर्ण काममा प्रदेश पर्यटन ऐन, २०७८ जारी, त्यसमा पर्यटन व्यवसायी एवम् सरोकारवालाको मागलाई समेत ध्यानमा राखी हेरफेर, प्रदेश पर्यटन नीतिको मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ को मस्यौदा तयार भइरहेको उल्लेख गरिएको छ ।
पर्यटकीय तारे होटल, लज, रिसोर्ट, पब, लाउन्ज, होमस्टेको वर्गीकरण गरी स्तर निर्धारण समिति गठन गरी प्रतिवेदन प्राप्त भइसकेको र आन्तरिक पर्यटनलाई चलायमान बनाउन घुमफिर वर्ष चितवनको सौराहाबाट प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले इको टुरिज्मको विकास, कम्तीमा एउटा पर्यटन र धार्मिक पर्यटनको गौरवका आयोजना सञ्चालन गर्ने, पर्यटकीय पूर्वाधार पुग्नका लागि पहुँच मार्ग निमार्णको स्तरोन्नति गर्ने कार्य आगामी योजनामा राखिएको बताइएको छ । वसन्तपुर, स्वयम्भू, पाटन, भक्तपुर लगायतका स्थानमा निजी क्षेत्रको सहकार्यमा ठूला पर्यटकीय पूर्वाधारको निर्माण गर्ने योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध !
फागुन १६, २०८१ शुक्रबार
फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार