कांग्रेसको मत दिने निर्णयमा महामन्त्रीसहित पाँच जनाको फरक मत

नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:४२:२७

२६ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ५ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले निर्णयमा लिखित असहमति जनाएका हुन् । पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ५ जनाले फरक मत राखेका हुन् । बानेश्वरमा बसेको बैठकले प्रतिपक्षमा बस्ने र सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर बैठकपछि महामन्त्री थापा र शर्मासहित पाँच सांसदले फरक मत व्यक्त गरे । थापाको सचिवालयका अनुसार महामन्त्रीद्वय थापा र शर्मा, पूर्वमहामन्त्री सिंह र सांसदहरू अर्जुननरसिंह केसी र प्रदीप पौडेलले सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा मत जाहेर गरेका हुन् ।
उनीहरूले अहिले कांग्रेसले सरकारलाई विश्वासको मत नदिँदा कुनै पनि जोखिम नरहेको समेत दाबी गरेका छन् । यसअघि सहमहामन्त्री महेन्द्र यादवले अहिले संविधानको रक्षार्थ कांग्रेसले विश्वासको मत दिन लागेको दाबी गरेका थिए । महमन्त्रीद्वयले भनेका छन्, ‘नेपाली कांग्रेस सदनको ठूलो दल हो । ठूलो दलले सरकारको नेतृत्वको दाबी स्वभाविक थियो । तर अहिले चुनाव लगत्तैको यो सरकार गठन हुँदा ठूलो दल सरकार बाहिर छ । संविधानको धारा ७६(२) अनुसार नै दोस्रो दलको समर्थनमा तेस्रो दलको नेतृत्वमा सरकार बनिसकेको छ । कांग्रेसले यो अवस्थाको सही विश्लेषण गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो ।’
उनीहरूले अहिले संविधान निर्माणका बेलाको जस्तो विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो बृहत् राष्ट्रिय सहमति आवश्यक भएको अवस्था समेत नरहेको दाबी गरेका छन् । ‘अहिले सरकारलाई विश्वासको संकट नै परेको अवस्था होइन । यो अवस्थामा आफ्नै नेतृत्वमा बनेको संविधान र लोकतन्त्रको रक्षार्थ तथा सरकारलाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउन कांग्रेसले संसदमा प्रतिपक्षीय भूमिकालाई नै सशक्त र रचनात्मक बनाउनुपर्छ ।’
आगामी दिनमा कुनै पनि बेला सरकारमा विश्वासको संटक उत्पन्न भई संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको अवस्थामा भने कांग्रेस यो व्यवस्था र संविधानको रक्षार्थ संविधान बमोजिमका विकल्प दिनका लागि तयार हुनुपर्ने उनीहरूले बताएका छन् । अहिले कांग्रेसले लिने निर्णयले यो भूमिका निर्वाह गर्न कदाचित अफ्ठयारो नपर्ने उनीहरुको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
सहकारी ठगी प्रकरणको आफू सम्लग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
मंगलबार ७ अंकले बढ्यो बजार : नेप्से २७६५ मा बन्द, ९ अर्ब ९० करोडका शेयर खरिदबिक्री भए
फागुन १३, २०८१ मंगलबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार