मापदण्ड उल्लंघन गर्ने झापाका ७ उद्योग कारबाहीमा
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २०:१२:५७
२६ पुष, झापा । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना ९पशु आहार० उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल जिल्लाबाहिर पठाएका छौँ”, उनले भने, ‘केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ ।’
प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक÷एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ । “खाद्य गुण नियन्त्रण गर्न हामी लागि परेका छौँ”, उनले भने, ‘पुराना फाइल पनि छन्, तिनीहरुलाई पनि किनारा लगाउँदै नयाँमा काम–कारबाही अगाडि बढाइरहेका छौँ ।’
चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको तथा सीमित जनशक्ति भएकाले भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । कार्यालयअन्तर्गत इलामका ६२ होटल व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर एवं होटल व्यवसायीले पालना गर्नुपर्ने मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
झापाको मेचीनगरमा स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिका लागि खाद्य स्वच्छता अभिमुखीकरण, उपभोक्ता भेला लगायतका कार्यक्रम गरिएको छ । सडक खाना (स्ट्रिट फुड) व्यवसायीलाई स्वच्छतासम्बन्धी तालिम दिने तयारी भइरहेको कार्यालयले जनाएको छ । पानीपुरी, चटपटे, ठेला पसल व्यवसायीलाई भेला गराएर एकदिने तालिम दिन लागिएको कार्यालय प्रमुख भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार