संसद बैठकमा ओलीले देउवालाई ‘गुरु जी’ भनेपछि…
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २०:३२:३५
२६ पुष, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका संघीय सांसद केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेका विश्वासको मत लिने प्रस्तावलाई समर्थन गरेका छन् ।
उनले आफू र आफ्नो पार्टीले सरकारलाइ विश्वासको मत दिने स्पष्ट पारेका छन् । सोही क्रममा उनले विश्वासको पक्षमा उभिन स्वतन्त्र सांसद लगायत संसदमा प्रतिनिधित्व गरिरहेका सबै दलसँग आग्रह गरे ।
उनले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन गरेको निर्णयको स्वागत गर्दै कांग्रेसका सभापति समेत रहेका संसदीयका नेता शेरबहादुर देउवालाई धन्यवाद दिए । र, ठट्यौली शैलीमा देउवा र कांग्रेसको चर्चा गरे ।
बैठकमा उनीभन्दा पहिले बोलेका देउवाको नाम लिँदै ओलीले पटकपटक संसद विघटन गर्ने इतिहास कांग्रेसकोन नाममा दर्ज रहेको बताए । उनले आफूले संसद विघटन ताजा जनादेशका लागि गरिएको भन्दै बचाउ गरे ।
ओलीले देउवालाई अवसर अनुसार व्याख्या नगर्न र कांग्रेसले गरेको संसद विघटनको विगतका घटनातर्फ हेर्न आग्रह गरे । ‘माननीय शेरबहादुर देउवा जीले २०५९ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ ओलीले थप प्रश्न गरे, ‘आफ्ना विगतका कार्यकालाई फर्के हेर्नुपर्दैन गुरु जी ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार