निर्मला पन्त र नवराज विकले न्याय नपाएसम्म लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठिरहन्छः सांसद परियार
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २०:५६:२२
२६ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र जातीय विभेदका आधारमा हत्या गरिएका नवराज विकले लोकतन्त्रको व्यवहारिक कार्यान्वयन नहुने बताएका छन् । मंगलबार प्तिनिधिसभाको बैठकमा दलको तर्फबाट सम्बोधन गथर्दै उनले लोकतन्त्रलाई प्रक्रिया मात्र अपनाएर व्यवस्थाको रक्षा हुन नसक्ने बताए ।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन् । सो प्रस्तावमाथि उनले आफ्नो दलले विश्वासको मत दिने जानकारी दिए ।
गृहमन्त्री रबि लामिछनेले हत्याका हत्याराहरुको खोजी गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको काममार्ला टुंगोमा पुर्याउन पनि आग्रह गरे ।
आफूहरुलाई जनताले चुनाव जित्न मात्र नभई सरकारमा गएर जनताको न्याय र अधिकार तथा देशको पक्षमा नीति, कानून बनाउन पठाएको भन्दै त्यसलाई पूरा गरेरै छाड्ने अटोठ व्यक्त गरे ।
देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिए । समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए ।
कञ्चनपुरकी १२ वर्षीया बालिका पन्तको २०७५ मा घरनजिकै बलात्कारपछि हत्या गरिएको र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ राना गाउँका नवराज विक प्रेमिका लिन जाँदा ठकुरी परिवारको उक्साहटमा गाउँले मिलेर नवराजसहित ६ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । अहिलेसम्म पन्त र विकका हत्यारालाई कारवाही गर्न सकेकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार