कांग्रेसको केन्द्रीय समितिको बैठक फेरि माघ १५ सम्म सारियो
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २१:४१:५९
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फेरि सरेको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णयसँगै पार्टीमा विवाद आउने देखिएपछि पुष २८ बाट पनि बैठकको मिति सारेर माघ १५ मा पुर्याइएको हो । सत्ता गठबन्धनलाई बचाउन नसक्दा सत्ताविमुख अवस्थामा पुगेको कांग्रेसले फेरी उनै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको भन्दै कांग्रेसभित्र व्यापक विरोध भइरहेको छ ।
यसअघि २२ पुषमा बोलाइएको बैठक सारेर २८ पुस बिहीबारका लागि बोलाइएको थियो । सो बैठक फेरी १९ दिन पर सारिएको छ । अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ । गठबन्धन भाँडिएपछि सभापति देउवाको चर्को विरोध हुँदा पहिलो बैठक सारिएको थियो । अहिले विश्वासको मतको विषयमा थप विरोध हुने अवस्था आएपछि बैठक माघ १५ मा पुर्याइएको हाे ।
मंगलबार भएको विश्वासको मत दिने निर्णय बहुमतबाट पारित भएपछि यसको केही नेतासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले लिखित असहमति जनाएका थिए । अहिले सामाजिक सञ्जालमा कांग्रेस नेताहरुबाटै नेतृत्वको चर्को आलोचना भइरहेको छ । ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सो पार्टीका केही नेताले असहमति जनाएका छन् ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अर्जुननरसिंह केसी, बलबहादुर केसी, प्रदीप पौडेलले असहमति जनाएका हुन् । ५ नेतामध्ये बलबहादुर केसी भने सांसद होइनन् । उनीहरूले तीन बुँदामा आफ्ना असहमति जनाएका छन् । उनीहरूले संसद्को गरिमा जोगाउनु कांग्रेसको जिम्मेवारी भएको उल्लेख गरेका छन् । यसका लागि सदनमा सशक्त प्रतिपक्ष आवश्यक भएको उनीहरूको तर्क छ । सरकारलाई विश्वासको मत दिएर पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र त्यो नैतिक धरातल पनि नरहने उनीहरूको भनाइ छ ।
१. हाम्रो संविधानले परिकल्पना गरेको शासकीय स्वरुप बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो । नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै यसलाई आफ्नो राजनीतिक दृष्टिकोणका रुपमा लिंदै यसका लागि संघर्ष गर्दै आएको छ । यो प्रणालीको ध्येय र संसदको गरिमा जोगाउनु हाम्रो पार्टीको कर्तव्य हो, जिम्मेवारी हो । यसका लागि सदनमा सशक्त प्रतिपक्ष आवश्यक छ । सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भुमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन । संविधानले नै यस्तो अभ्यासको परिकल्पना गरेको छैन । यो राजनीतिक, संवैधानिक, व्यवहारिक र नैतिक दृष्टिकोणले पनि अस्वभाविक छ ।
२. यतिबेला नेपाली कांग्रेस सदनको ठूलो दल हो । ठूलो दलले सरकारको नेतृत्वको दावी स्वभाविक थियो । तर अहिले चुनाव लगत्तैको यो सरकार गठन हुँदा ठूलो दल सरकार वाहिर छ । संविधानको धारा ७६(२) अनुसार नै दोस्रो दलको समर्थनमा तेस्रो दलको नेतृत्वमा सरकार बनिसकेको छ । कांग्रेसले यो अवस्थाको सही विष्लेषण गरेर रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने हो । अहिले संविधान निर्माणका वेलाको जस्तो विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो वृहत राष्ट्रिय सहमति आवश्यक भएको अबस्था पनि होइन ।
न त अहिले सरकारलाई विश्वासको संकट नै परेको अबस्था छ । यो अबस्थामा आफ्नै नेतृत्वमा बनेको संविधान र लोकतन्त्रको रक्षार्थ तथा सरकारलाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउन कांग्रेसले संसदमा प्रतिपक्षीय भूमिकालाई नै सशक्त र रचनात्मक बनाउनुपर्छ । आगामी दिनमा कुनै पनि वेला सरकारमा विश्वासको संटक उत्पन्न भइ संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको अबस्थामा भने कांग्रेस यो व्यवस्था र संविधानको रक्षार्थ संविधान बमोजिमका विकल्प दिनका लागि तयार हुनुपर्छ । अहिले कांग्रेसले लिने निर्णयले यो भुमिका निर्वाह गर्न कदाचित अफ्ठ्यारो पार्दैन ।
३. उपरोक्त आधार र कारणसहित अहिलेको अवस्थामा नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने पक्षमा निर्णय गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार