सरकार प्राकृतिक स्रोत साधनको दोहनमा उद्यत हुने संकेत देखिन्छः चित्रबहादुर केसी
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २२:२२:३९
२६ पुष, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश र स्वेच्छाचारी बन्ने बताएका छन् ।
मंगलबार संघीय संसदको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन पेश गरेको प्रस्तावमाथि दलको तर्फबाट धारणा राख्दै उनले सरकारलाई सबै दलले समर्थन गर्नु दरलाग्दो अवस्था देखा परेको बताए ।
चुनावमा करोडौं रुपैयाँ खर्च गरेर आएका सांसदहरु सरकारमा नगएसम्म उठाउन नसक्ने देखेरै सबै सांसद सरकारको पछि लागेको आरोप लगाए । साथै उनले चुनावमा उडाएको खर्च प्राकृतिक स्रोत साधनमाथि लुट नमच्चाएसम्म उठाउन नसक्ने भएकै कारण लुट मच्चाएर देश र जनतामाथि महंगी र ज्यादाति थोपर्न सरकारको समर्थनमा लागेको बताए । सरकार प्राकृतिक स्रोत साधनको दोहनमा उद्यत हुने संकेत देखिएकाे उनकाे भनाइ छ ।
उनले विश्वासको मत लिने क्रममा प्रम प्रचण्डले पेश गरेको सरकारको कार्यक्रम र मान्यता विगतकै निरन्तरता भएको बताए । उनले आफ्नो दल सरकारलाई विश्वासको मत दिननसक्ने बताउँदै प्रतिपक्षमा बस्ने बताए । सबै दल सरकार पक्ष बनेको देख्दा आफूलाई विचित्र लागेको बताए । सरकारले गर्ने गलत काम र निर्णयको विरोध गर्न प्रतिपक्षमा बस्ने निर्णय गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार