प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, प्रस्तावकाे पक्षमा २६८ र विपक्षमा जम्मा २ मत
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २३:१५:५२
२६ पुष, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् । उनले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा २६८ र विपक्ष २ मत परेको छ । मत दिन्न भन्ने पक्षमा मत नै परेन ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदपुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षमा मत दिएका छन् । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी मुद्दामा र एमालेका लक्ष्मी प्रसाद महतो कोइरी कर्तव्य ज्यान मुद्दा खेपिरहेका कारण निलम्बनमा छन् । बाँकी एक जना पशुपति शमसेर जारी संसदका सबैभन्दा ज्येष्ठ सदस्य भएका कारण बैठकमा अध्यक्षको भूमिकामा छन् । स्वतन्त्र सांसद याेगेन्द्र मण्डल तटस्थ बसे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार