संसदको अर्को बैठक माघ ५ गते, सभामुखका लागि निर्वाचन हुने
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २३:२८:४
२६ पुष, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बस्ने भएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएको घोषणासँगै बैठक सकिएको थियो ।
बैठकका अध्यक्ष पशुपति शमसेर जबराले बैठक सकिएको जानकारी गराउँदै अर्को बैठक माघ ५ गते बिहान ११ बजे बस्ने घोषणा गरेका हुन् ।
आजको बैठक पेश गरिएको विश्वासको मत लिने प्रस्तावमा प्रम प्रचण्डले बैठकमा कायम रहेका २७५ मध्ये २६८ मत पाएका छन् । प्रस्तावको विपक्षमा जम्मा २ मत मात्र परेको छ ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदपुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षमा मत दिएका छन् । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी मुद्दामा र एमालेका लक्ष्मी प्रसाद महतो कोइरी कर्तव्य ज्यान मुद्दा खेपिरहेका कारण निलम्बनमा छन् । बाँकी एक जना पशुपति शमसेर जारी संसदका सबैभन्दा ज्येष्ठ सदस्य भएका कारण बैठकमा अध्यक्षको भूमिकामा छन् । स्वतन्त्र सांसद याेगेन्द्र मण्डल तटस्थ बसे ।
जारी संसद संविधान जारी भएपछि दोस्रो कार्यकाल हो । आजको बैठक पनि दोस्रो दिन हो । माघ ५ को बैठकले सभामुख र उपसभामुख चयन गर्ने तयारी रहेको छ ।
यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई अध्यक्ष जबराले निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार