तीन प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १६:५:३५

२७ पुष, काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ भने लुम्बिनी र कर्णाली प्रदेशमा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ ।
सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको छ ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।
यस्तै कर्णाली प्रदेशमा पनि सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।
लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ । मंगलबारनै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेन । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा एमालेलाई दिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् । तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (आज) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार