सम्बन्धविच्छेद विकराल बन्दै, नागरिकतामा दोस्रो श्रीमानको नाम राख्ने बढे
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १७:१९:५३
२७ पुष, काठमाडौं । रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको संख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेका हुन् । यसले सम्बन्ध विच्छेदले विकराल रूप लिँदै गएको बलियो संकेत दिएको छ ।
पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्ने महिलाहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।
सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल ७ हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो ।
अघिल्लो आर्थिक वर्षमा पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई १,८१० वटा नागरिकता जारी भएको थियाे ।
यसैगरी ३ हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेका छन् ।
‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार