सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जर सम्झौता
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १८:५३:५०
२७ पुष, काठमाडाैं । लक्ष्मी र सनराइज बैंकले गाभ्ने गाभिने ‘मर्जर’ सम्बन्धी प्रारम्भिक सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सन्राइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनी, प्रमुख कार्यकारी अधिकृतलगायत उपस्थित रहेका थियो । यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठनसमेत गरिएको छ ।
संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा. मनिष थापा र स्वति रुङटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालक शारदा शर्मा र दिपक नेपाल रहने बताइएको छ ।
दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिने छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।
सनराइज बैंक लिमिटेडको चुक्ता पूँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी करिब रु. ११ अर्ब ५५ करोड रहेको छ ।
गत मंसिर मसान्तको वित्तिय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप रु. १३२.३१ अर्ब, कर्जा रु. १२२.५३ अर्ब रहेको र बैंकको शाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
दुबै संस्था एक आपसमा गाभिए पश्चात बैंकको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको संख्या २७, शाखा रहित बैंकिङ सेवाको संख्या १६१ र एटिएमको संख्या ३३७ पुग्ने छ भने बैंकको कूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्ने देखिन्छ भने दुबै संस्था एक आपसमा गाभिए पश्चात नेपाल राष्ट्र बैंकले लिएको लक्ष अनुरुप वाणिज्य बैंकहरुको संख्या घटन गई बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति अझ सवल हुन गई सबै पक्षलाई लाभदायक हुनेमा दुवै बैंक विश्वस्त छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार