प्रतिक्रियावादीको घेराबन्दी तोडेर सरकारको नेतृत्वमा पुगेको हुँ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २०:५९:४२
२७ पुष, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आक्न चेतावनी दिएका छन् ।
उनले आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्न देशीविदेशी शक्तिहरु लागे पनि सफल नभएको भन्दै आफू संसदबाट शक्तिशाली प्रधानमन्त्रीको रुपमा अएको दावी गरेका छन् ।
बुधबार काठमाडौंमा योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने आश्वासन दिए । उनले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम स्थान दिने पनि बताए । प्रचण्डले माओवादीको युवा सक्तिले सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
पार्टीका युवाहरुको धेरै मद्दत चाहिएको उनको भनाइ थियो । उनले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आक्न नहुने बताएका थिए । ‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई तपाईँहरुको धेरै मद्दत चाहिएको छ ।
प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई हामी कसैले पनि कम आँक्नु हुँदैन ।’
यस्तै युवाहरूलाई रोजगारी र नियुक्तिका विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास गर्ने बताए । उनले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन पनि दिएका थिए । सरकारका काम कारवाहीमा सहयोग गर्न आवश्यक रहेको भन्दै आफ्नो नेतृत्वमा सरकार भएकाले पार्टीका युवाहरुका लागि काम गर्न राम्रो अवसर भएको प्रधामन्त्रीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार