ओलीको नियत ठिक छैन, अहंकार नदेखाई काम गर्नूः नेपाल

नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २१:२१:२

२७ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति र नियत अझै ठिक नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बचेर काम गर्न र अहंकार नखाई सरकार चलाउन सुझाव दिएका छन् । उनले ओली पथको पछाडि नलाग्न प्रचण्डसँग आग्रह पनि गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न नेपालको सुझाव छ ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालल केपी ओलीले मंगलबार संसद् बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती स्वीकार नगरेको भन्दै त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उनले बताए ।
उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्रीलाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको बताए । उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर अघि बढ्ने विश्वास आफुले लिएको बताए ।
अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका थिए । उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुश भए त हुन्थ्यो । तर यो महसुश नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरे । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुश नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ ।’
राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुपर्ने भन्दै नेपालले भ्रष्टाचारबाट जोगिन र देशको विकासले गति लिन सक्नेगरी काम गर्न सल्लाह दिए । उनले आफूहरूले यो सरकारलाई १५ बुँदे सर्तसहित समर्थन गरेको पनि बताएका थिए । ती सर्तमा राष्ट्रियताको विषयदेखि जनजीविकाका विषय हुँदै युवा बेरोजगारीका विषय पनि समेटिएको छ ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाएका थिए । उनले विश्वासको मत लिने क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
प्रदेशस्तरीय भलिबल प्रतियोगिता : हरिनास र पुतलीबजार विजयी
फागुन १२, २०८१ सोमबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
अण्डाको मूल्य बढ्यो
फागुन १२, २०८१ सोमबार
बीमा प्राधिकरणको अध्यक्षमा ३३ वर्षीय शरद ओझा नियुक्त
फागुन १२, २०८१ सोमबार
एप्पलले चार वर्षमा अमेरिकामा पाँच खर्ब डलर लगानी गर्ने, २० हजार कर्मचारी भर्ती गर्ने
फागुन १२, २०८१ सोमबार
बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ५ घाइते
फागुन १२, २०८१ सोमबार