सुदूरपश्चिम सभामुखकाे चुनाव भाेलि, रावल र भण्डारीबीच प्रतिस्पर्धा हुने
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २१:४०:४३
२७ पुष, कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रसबाट मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयले बुधबार बिहान १० देखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । सो समयमा रावलले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका रहेको छ ।
रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।
यस्तै एमालेसहितको समर्थनमा भने नेकपा (माओवादी केन्द्र)बाट भीम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने गरी सहमति भएका थियो ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा (एमाले)की जानकी बम ऐर रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार