विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमितः विश्व बैंक
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २१:५८:४८
२७ पुस, काठमाडौं । विश्व बैंकले विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने बताएको छ । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो । विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो । त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो ।
नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरेको छैन । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्कम रहने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ । यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ । जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ ।
भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ । बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ । नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ ।
विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो । सन् २०२३ मा अमेरिकाले ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुनेछ । जहाँ की सन् २०२१ मा अमेरिकाको जीडीपी ५.३ प्रतिशतले बढेको थियो । चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो ।
विगत दुई दशकमा आर्थिक वृद्धिदरमा आएको तीव्र गिरावटले विश्वव्यापी मन्दीको पूर्वचित्रण गरेको विश्व बैंकले चेतावनी दिएको छ । साथै बैंकले मन्दी तीव्र तथा लामो समयसम्म चल्ने पनि अनुमान गरेको छ । यदि यो वर्ष विश्वव्यापी आर्थिक मन्दी आयो भने, सन् १९३० पछि एउटै दशकमा दुईवटा विश्वव्यापी मन्दी आएको यो पहिलो पटक हुनेछ ।
उच्च मुद्रास्फीति विश्वव्यापी अर्थतन्त्र संघर्ष गर्नुको मुख्य कारण हो । रूस–युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा ठूलो धक्का परेको छ । यसै युद्धका कारण पश्चिममा देशहरू रुसी फोसिल इन्धनबाट टाढा धकेलिन पुग्यो । जस कारण गत वर्ष विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न पुग्यो । अहिले भने यी दबाबहरूमा केही सुधार आएसँगै विश्व बैंकले मूल्यवृद्धिको विश्वव्यापी गति गत वर्षको ७.६ प्रतिशतबाट यो वर्ष ५.२ प्रतिशतसम्म कम हुने अपेक्षा गरेको छ ।
यस वर्ष खाद्यान्न तथा बालीको मूल्य पनि पाँच प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। यद्यपि यो मूल्य केही वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च हुने बताइएको छ । गत वर्ष बालीको मूल्य १३ प्रतिशतले बढेको थियो । केही सुधारका बाबजुद विश्व बैंकले मुद्रास्फीति सामान्यतया स्वस्थ मानिने २ प्रतिशत दर भन्दा माथि रहने अनुमान गरेको छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिका र बेलायत लगायत दर्जनौं देशहरूमा केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेका छन् ।
विश्व बैंकका अनुसार उच्च ब्याजदरले व्यवसायिक लगानीलाई बाधा पु¥याएको छ भने कैयौं कम्पनीहरूले ऋणका कारण संघर्ष गरिरहेका छन् । विकासोन्मुख अर्थतन्त्र भएका देशहरु पनि अमेरिकी ब्याजदरका कारण संकट तर्फ धकेलिरहेका छन् । धेरै विकासोन्मुख राष्ट्रका अर्थतन्त्रले अमेरिकी डलरमा कर्जा लिने हुँदा आर्थिक चपेटामा परिरहेका छन् । गरिब देशहरूको ऋणलाई सम्बोधन गर्न र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उपायहरू पनि बैंकले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार