सुन लुटपाट गरेर फरार युवक जंगलबाट पक्राउ
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २२:४३:४३
२७ पुष, मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–७ बतासेमा दिउँसै एक महिलाको सुन लुटेर फरार भएका अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब ११ बजे खाँडादेवी गाउँपालिका–बतासेकी ३५ वर्षीया सिता मगरको घरैबाट अपरिचित युवकले पछाडिबाट आक्रमण गरी दुवै कानको सुनको रिङ थुतेर फरार भएपछि खोजीका क्रममा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुनापति गाउँपालिका–३ हिलेदेवी २४ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई गाल्वाबाट खटिएको प्रहरीको टोलीले सोही गाउँपालिका–२ स्थित फलामेपोखरी सामुदायिक जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
अभियुक्त तामाङको साथबाट लुटिएका सुनको रिङ समेत बरामद भएको प्रहरीले जनाएको छ । निजमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार