एमालेका फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २२:५६:४६
२७ पुष, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रबि लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा सांसद कोइरी प्रतिनिधिसभा बैठकमा सहभागी भइ विश्वासको मत दिएका थिए । त्यसपछि उनी फरार भएका थिए ।
मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा दायर मुद्दामा कोइरीविरुद्ध वारेन्ट जारी छ । फरार सूचीमा राखेर उनलाई प्रहरीले खोजी गर्दै आइरहेको छ ।
कोइरी गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभ निर्वाचनमा महोत्तरी १ बाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै संघीय सांसद निर्वाचित भएका थिए ।
यस्तै भ्रष्ट्रचार मुद्दामा तानिएका नेपाली कांग्रेसका संंघीय सांसद टेकबहादुर गुरुङ भने विश्वासको मत आएनन् । गुरुङ र कोइरीलाई नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले संघीय संसद सचिवालयलाई पत्र लेखेर सांसदको भूमिका कूनैपनि कार्यक्रममा सहभागी नगराउन भनिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बिमा ऐन संशोधन, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार