एमसीसी परियाजना विशुद्ध पुर्वाधार विकासमा केन्द्रित छः अमेरिकी राजदूत
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २२:५८:४
२७ पुष, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाल एमसीसी परियोजना विशुद्ध पुर्वाधार विकास र राजगारीकमा मात्र केन्द्रित रहेको बताएका छन् । । बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै राजदूत थम्प्सनले एमसीसी कार्यान्वयनको चरणमा रहेको बताए । नेपालकै चाहना अनुसार एमसीसी परियोजना नेपाल आएको उनको भनाइ छ ।
एमसीसी कार्यन्वयनमा केही ढिलाइ भए पनि संसदबाट अनुमोदन गरिएपछि यसबाट नेपालको पूर्वाधारका साथै १० हजार नेपाली जनतालाई रोजगारी उनले बताए । अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडी मार्फत् पनि नेपाललाई ५ वर्षको लागि ६५० मिलियन अमेरिकी डलर सहयोग गरेको भन्दै उनले अन्य सहकार्यको कार्यक्रम रहेको बताए । उनले यी सम्पूर्ण कार्यक्रमहरुले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षा लगायत अन्य जनजीवनलाई उकास्ने क्षेत्रमा काम गर्ने उनको भनाइ थियो ।
राजदूत थम्प्सनले सबस्टेसन निर्माणको लागि अहिले नुवाकोटको रातमाटे र सडक निर्माणको क्रममा दाङमा भइरहेका केही समस्याहरुप्रति आफू अवगत रहेको बताए । उनले अमेरिकामा ठूला परियोजना निर्माण गर्दा भन्ने भनाइको उदृत गर्दै भने,‘ठूला परियोजना भन्नुपर्छ, तर मेरो करेसाबारीमा चाहिँ होइन भन्ने छ । यहाँ पनि त्यस्तै लाग्नु स्वभाविक हो । तर एक पटक परियोजना बढेपछि सबैले फाइदा पाउँछन् ।’ उनले नेपालमा एमसीसी अनुमोदनको चरणमा भएका गलत र दुष्प्रचारमा सबैको हातभन्दा पनि केही तत्वले काम रहेको बताए । तर उनले ती तत्व को हो भन्नेबारे भने व्याख्या गरेनन् ।
थम्प्सनले नेपाल आफ्नो फाइदाको लागि निर्णय लिएको अमेरिकाले हेर्न चाहेको बताए । उनले नेपालसँगको द्वीपक्षीय सम्बन्धलाई जोड दिने, नेपाली जनस्तरमा सम्बन्ध विस्तार गर्ने र लोकतन्त्रको प्रवर्द्धनको विषय आफ्नो प्राथमिकता रहेको प्रष्ट पारे । राजदूत थम्प्सनले नेपालसँगको सम्बन्धमा बलियो आधार रहेको भन्दै द्वीपक्षीय सम्बन्धमा जोड दिँदै काम गर्ने बताए । ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध छ । यसमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद पार्ने मेरो प्राथमिकता हुनेछ,’ उनले भने ।
उनले नेपालमा विकास सहायता र जनताको जीवनलाई उकास्नको लागि काम गर्ने गरिहेको बताए । राजदूत थम्प्सनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको उर्जा र सडक पूर्वाधार क्षेत्र विकासमा सहयोग गर्ने र यसको फाइदा नेपाली जनताले लिने बताए । राजदूत थम्प्सनले एमसीसी कार्यान्वयनको चरणमा रहेको पनि बताए । उनले सबस्टेसन निर्माणको लागि अहिले नुवाकोटको रातमाटे र सडक निर्माणको क्रममा दाङमा भइरहेका केही समस्याहरुप्रति आफू अवगत रहेको बताए ।
उनले अमेरिकामा ठूला परियोजना निर्माण गर्दा भन्ने भनाइको उदृत गर्दै भने,‘ठूला परियोजना भन्नुपर्छ, तर मेरो करेसाबारीमा चाहिँ होइन भन्ने छ । यहाँ पनि त्यस्तै लाग्नु स्वभाविक हो । तर एक पटक परियोजना बढेपछि सबैले फाइदा पाउँछन् ।’ उनले नेपालमा एमसीसी अनुमोदनको चरणमा भएका गलत र दुष्प्रचारमा सबैको हातभन्दा पनि केही तत्वले काम रहेको बताए । तर उनले ती तत्व को हो भन्नेबारे भने व्याख्या गरेनन् ।
राजदूत थम्प्सनले नेपालको नयाँ सरकारसँग अमेरिका काम गर्न इच्छुक रहेको बताए । उनले भविष्यमा दुई मुलुक बीचमा उच्चस्तरीय भ्रमणको लागि पनि आफूले पहल गर्ने प्रष्ट पारे । उनले दुई मुलुकका नेताहरु बीचमा कुटनीतिक प्रक्रियामा मात्र नभएर व्यक्तिगत रुपमा पनि सम्बन्ध हुनुपर्ने प्रष्ट पारे । राजदूत थम्प्सनले नेपालले स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा सहभागिता जनाउने निर्णय नगरे पनि यसले दुई मुलुकबीचको सहकार्यमा कुनै पनि फरक नपर्ने बताए ।
यस्तै अमेरिकाले नेपालको विकास साझेदारको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकाले नेपाली सेनाको विपद् व्यवस्थापनको मानवीय सहायता क्षेत्र र नेपालले विश्व शान्तिमा योगदान दिँदै शान्ति सेनाका दौरान आवश्यक पर्ने क्षमता अभिवृद्धिको लागि सहयोग गर्ने पनि उनको भनाइ थियो । उनले अमेरिका र चीन बीचमा प्रतिस्पर्धा भए पनि सहकार्य गरेर काम गर्न सकिने बताएका थिए । उनले नेपालले आफैं उक्त कार्यक्रममा सहभागिता जनाउन चाहेको र पछि आफैंले सहभागिता नजनाउने भनेको बताए । उनले नेपालमा कुनै पनि अमेरिकी सेना नआउने प्रष्ट पारे । राजदूत थम्प्सनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै पनि संलग्नता नहुने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार