लुम्बिनीमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, आज मुख्यमन्त्रीको मात्र शपथ हुने
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १८:३२:५२
२८ पुष, बुटवल । लुम्बिनी प्रदेशमा बिहीबार मुख्यमन्त्रीलगायत अन्य मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रिपरिषदको भागबण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र शपथ हुने देखिएको छ ।
गिरिलाई प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मात्र मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई माओवादी केन्द्रको बलियो साथ रहेको छ ।
मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादीले माग गरेको छ । तर, एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले शपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने तयारी गरेको माओवादी केन्द्र स्रोतले जनायो ।
माओवादी केन्द्रको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।
प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा शपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए शपथमा नजाने अडानमा रहेका छन् । लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राखिएको छ । मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिपरिषद गठन गरी शपथ लिने तयारी गरेका छन् ।
एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरिले बताए ।
बिहीबार हुने सपथ ग्रहणमा नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलका नेता जोखबहादुर महरालाई शपथ गराउने तयारी भएको थियो । एमालेभित्र पनि मन्त्रालयको कुरा नमिलेपछि शुरुमा मुख्यमन्त्रीसहित २ जना विनाबिभागीय मन्त्री नियुक्त गरी ३ सदस्सीय मन्त्रिपरिषद बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ ।
एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी रहेपछि विनाविभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो । राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढी बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो । माओवादीले सहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ ।
लुम्बिनीमा पहिलो नेतृत्व अढाई वर्ष एमाले र दोस्रो नेतृत्व अढाई बर्ष माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको भनिएपनि मुख्यमन्त्री गिरीले भने यसलाई अस्वीकार गरेका छन् ।
मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सपथमा माओवादीको सहभागिता रहने बताए । अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विना विभागिय मन्त्रीकारुपमा एकजना नेताले सपथ लिने जानकारी दिए । ‘कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एकजना माओवादीबाट सपथ लिन जानुहुन्छ,’ उनले भने ।
माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरेपनि सपथ ग्रहणमा सहभागी नहुने बताए । उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णय अनुसार भएपछि मन्त्रालय बाँडाफाँटमा एमालेले सहझदारी गर्नु पर्ने बताउँदै पेल्न खोजिए सपथमा नजाने जनाए । ‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी सपथ खान जान सक्दैन ।’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार