दलगत राजनीतिमा फर्किँदै घनश्याम भुसाल, केही दिनमै एकीकृत समाजवादीमा प्रवेश गर्दै
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १८:५८:२२
२८ पुष, काठमाडौं ।ानेकपा (एमाले) त्यागेर स्वतन्त्र भूमिकामा रहेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेशको तयारीमा लागेका छन् ।
उनले आफ्नो प्रवेशका लागि भन्दै यसै हप्ता एकीकृत समाजवादीसामू ५ बुँदे प्रस्ताव राखेका थिए । त्यसको ढिलो गरी दिएको जवाफमा एकीकृत समाजवादीले भुसाललाई स्वागत पत्र पठाइसकिएको छ ।
स्वागत पत्र पठाइएको पठाइएको अध्यक्ष माधवकुमार नेपालले पुष्टी गरेका छन् । भुसाल केही दिनमैभित्र एकीकृत समाजवादीमा जाने तयारी भइरहेको निकट स्रोतले बतायो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनन गरेको घटनापछि फरक मत राख्दै एमाले फुटेर एकीकृत समाजवादी गठन हुँदा भुसाल एमालेमै फर्किएका थिए । तैपनि ओलीले हेपाह व्यवहार कायम राखेका कारण गएको मंसिरमा सम्पन्न आम चुनावमा प्रतिनिधिसभामा टिकट पाएनन् । र, उनले एमाले परित्याग गरी गृह जिल्ला रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र दिए । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी झिनो मतले पराजिजत भए ।
त्यसयता उनको राजनीतिक सक्रियता बढ्न सकिरहेको छैन । उनले ओलीको कटु आलोचक मात्र नभई सैद्धान्तिक र वैचारिक नेता समेत हुन् । अहिले पूर्वमन्त्री समेत रहेका भुसाल नी दलगत राजनीतिमा फर्किन लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार